लागुऔषध प्रयोगकर्ताले घरलाई नर्क जस्तो बनाएका छन् : महानिरीक्षक खनाल

दमौली खबर सम्वाददाता
माघ ४, दमौली प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागु औषध प्रयोग गर्ने प्रयोगकर्ताहरुले घरलाई नर्क जस्तो बनाएको बताएका छन्
। व्यास नगरपालिका र नेपाल प्रहरीको सहकार्यमा सञ्चालन गरिएको गरिएको परामर्श केन्द्रको समुद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हन् ।
उनले भने, “लाग्औषधमा फसेकाले घरलाई र्नोक जसतो बनाएका छन् ।”विज्ञहरुको अनुसार नै लागु औषध प्रयोगकर्तालाई कुलत बाट हटाउनको लागि परामर्श नै निष्र्कष रहेको उनले बताए । उनले पहिला पहिला लागुऔषध प्रयोग गर्ने प्रयोगकर्तालाई प्रहरीको नियन्त्रणमा राख्ने गरिएको बताए । उनले भने, “अहिले कानुन परिर्वतन भएको कसैलाई पनि पक्राउ पूर्जीविना समाउन सकिदैन ।” नेपालमा लागुऔषध बढी प्रयोग हुने ठाँउ चितवन, विराटनगर, पोखरा र तनहँु रहेको हुनाले परार्मश केन्द्र सेवा राखिएको बताए । कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तनहँु लागु औषध प्रयोगकर्ताहरुको टान्जीट बिन्दु रहेको बताए । उनले धनसम्पती धेरै भएको अभिभावकको छोराछोरी कुलतमा फसेर बिग्ररिएको जिकिर गरे ।

त्यस्तै तनहँु उद्योग वाणिज्य संघका सभापति मानकाजी श्रेष्ठले प्रहरीको परामर्श केन्द्र सञ्चालन अभियान राम्रो रहेको बताए । गेट्वे फाउण्डेशन नेपालका सल्लाहकार पवन चुमीले पहिला लागुऔषध प्रयोगकर्ता औलामा गन्न सकिने अवस्थामा रहेको अहिले प्रयोगकर्ता बढ्दो रहेको बताए । महानिरिक्षक खनालको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चितवन, विराटनगर, पोखरा र तनहँुमा परामर्श केन्द्र विस्तार गरिएको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button