‘पहिला हात मिलाउँथेँ, अहिले नमस्कार गर्छु’

व्यास ६ ईन्दु मा.विको कक्षा १० मा अध्यनरत बिकान्त ठकुरी पहिला साथीहरुसँग भेट हुँदा हात मिलाएर अंकमाल गर्थे। तर अहिले उनी साथी भेट्दा हात मिलाउनुको सट्टा नमस्कार गर्छन्। भीडभाडमा रहँदा मास्क लगाउँछन्। कक्षाकोठामा रहँदासमेत मास्क छोड्दैनन्।कोभिड १९ कारण लामो समय देखि ठप्प रहेको पठनपाठन अहिले सञ्चालन भएको छ । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरु उत्साहित हुदै विद्यालय गई सावधानी अपनाउन थालेका छन्। ‘पहिला हामीले त्यस्तो मास्क लगाउने गरेका थिएनौँ। विद्यालयमा शिक्षकहरु भन्नुभएको थियो की माक्स लगाउनुपर्छ’, उनले भने, ‘भीडभाडमा नबस्ने, साथीभाइसँग हात नमिलाउने। त्यसैले आजभोली नमस्ते गर्ने गरेको छु।’ चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुपमा लिएको छ।

विद्यालय तथा कलेज खुले पनि जोखिम कायम रहेको भन्दै कोरोनाबाट कसरी जोगिने भन्नेबारे विद्यालय र क्यामपसहरुमा विद्यार्थीलाई सावधानीका उपायहरु सिकाउने गरिएको छ। ‘हाम्रो कलेजमा पनि धेरै नियमहरु बनेका छन्। यसलाई हामीले एउटा प्रोजेक्टको रुपमा समेत लिएका छौँ’, पराशर कलेजमा अध्यनरत विद्यार्थी देवकी श्रेष्ठले भनिन्, ‘हामीहरुले अनिर्वाय रुपमा मास्क लगाउन शुरु गरेका छौँ। अब साथीहरुसँग भेट हुँदा हात नमिलाउने। नमस्ते गर्ने । हात मिलाएपछि इन्फेक्सन सर्छ। कोराना भाइरसको लागि हामीले सावधानी अपनाइराखेका छौँ।’ यस्तै आदीकवि भानुभक्त क्याम्पसका विद्यार्थी समुन्द्र ढकालले कोरोना भाइरसको संक्रमण फैलन नदिने गरी सावधानी अपाउनु पर्ने बताए। ‘सर्वप्रथम त सावधानी अपनाउनै पर्छ। हामीले साबुन पानीले हात धुने गरेका छौँ’, उनले भने, ‘हामीले मास्क पनि प्रयोग गरिरहेका छौँ।’ तनहँुका स्थानिय तहले स्वास्थ्य मापदण्डको पालना गरि विद्यालय सञ्चालन गर्न अनुमति दिए सँगै विद्यालय सञ्चालनमा आएका हुन् ।

एउटा कक्षा कोठामा २५ जना विद्यार्थी राखेर पढाउन थालिएको छ। यसरी पढाउँदा विद्यार्थी र शिक्षकलाई मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई आउने विद्यार्थीलाई विद्यालयमै मास्कको व्यवस्थापन समेत गरिएको छ। व्यास नगरपालिकाको शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै शिक्षण संस्था खोल्न थालिएको जानकारी दिए। सामुदायिक विद्यालय र संस्थागत विद्यालयको छलफलबाट पठनपाठन संचालन गर्ने निर्णय भएसँगै विद्यालय सञ्चालनमा आउन थालेका हुन्। ‘पूर्ण सुरक्षा सतर्कता अपनाएर विद्यालयलाई सिकाइ केन्द्रका रूपमा सञ्‍चालन गर्न गरिएको छ’ रेग्मीले भने ‘मापदण्ड पूरा नगरी विद्यालय सञ्चालन गर्न पाइँदैन।’ लामो समयदेखि बन्दाबन्दीका कारण ठप्प रहेका व्यास नगरपालिका क्षेत्रका विद्यालयहरु सञ्‍चालन हुने भएपछि धमाधम विद्यार्थी भर्ना थालेको नीजि विद्यालयहरुको छाता संगठन एनप्याब्सन तनहँुको सह–सचिव विश्वास के.सीले जानकारी दिए। ‘विद्यार्थी धेरै आत्तिएका रहेछन्,’ के.सीले भने ‘धमाधम विद्यालय आउन थालेका छन् र हामीले सजगता अपनाएर मात्रै आउन भनेका छौं।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button