कोरोना संक्रमित भेटिए भन्दै हल्ला फैल्याउने एक जना दमौली बाट समातिए

कोरोना भाइरस (कोभिड—१९) संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक जनालाई तनहुँ प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् तेह्रथुम जिल्ला म्याङगलुङ ७ स्थायी घर भई हाल व्यास २ दमौलीमा बस्दै आएका ३४ वर्षिय नवराज ढुङगनाले दमौलीमा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको गलत प्रचार गरेको भन्दै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहँुका प्रवक्ता लिलाराज लामिछानेले बताए । ढुङगना व्यास २ मालपोतलाईनमा ढुङगना कन्सन्टेन्सी फर्म संचालक हुन् ।
आफ्नो फेसबुक आइडीमार्फत “तनहँुकोे दमौलीमा कोरोना संक्रमित ३ जना पुष्टी भएको छ ” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानुनी कारवाहीका लागि ढुङगनालाई नियन्त्रणमा लिएको उनले बताए । सो सम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला प्रशासन तनहँु बाट १० दिनको म्याग्द थप लिईएको उनको भनाइ छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button