विद्यार्थीलाई अनलाईन माध्यमहरुबाट सिकाईलाई निरन्तरता दिन शिक्षा ईकाई तनहुँको आग्रह,

दमौली खबर संवाददाता
जेठ २० दमौली
कोरोना भाइरस संक्रमण फैलन नदिनका लागि गरिएको बन्दाबन्दीका कारण नयाँ शैक्षिक सत्र सुरु हुन सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु नहुँदा विद्यालय भर्ना अभियानका साथै नियमित पठनपाठन कार्य ठप्प हुन पुगेको छ ।

यो बन्दाबन्दीको समयमा के कसरी सिकाईलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा शिक्षा विकास तथा समन्वय इकाई तनहुँले सोमबार अनलाइन मार्फ स्थानीय तहका शिक्षा शाखाका प्रमुख, शिक्षक महासंघ तनहुँ र शिक्षकका पेसागत संस्थाका प्रमुखहरु समेतको उपस्थितिमा जिल्लाका माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरिएको शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँका प्रमुख रमाकान्त शर्माले जानकारी गराएका छन् ।
उक्त बैठकले विभिन्न समुदायमा रहेका बालबालिकाको अवस्था, पहुँच र आवश्यकता अनुसार सबै स्थानीय तह र विद्यालयहरुले बालबालिकाको सिकाइलाई निरन्तरताका लागि गर्न सकिने सम्भावित कार्यहरुको खोजी गर्ने निर्णय गरेको छ ।
बैठकले बालबालिकको टोल टोलमा सिकाइ समुह निर्माण गरी स्थानीय शिक्षकले सिकाइलाई निरन्तरता दिने, एफ एम रेडियो, टिभिको माध्यमबाट शिक्षण सिकाइलाई निरन्तरता दिने तथा डिजिटल रुपमा पहुँचमा रहेका बालबालिकालाई अनलाइन लगायतका डिजिटल माध्यमहरुको प्रयोगबाट सिकाईलाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख शर्माले बताए ।

बाईट
जिल्लाका सबै स्थानीय तहमा बालबालिकाको सिकाइलाई निरन्तरता दिन गरेका प्रयासहरु र विभिन्न विद्यालयहरुले गरेका राम्रा अभ्यासहरुको सम्वन्धमा अनुभव आदानप्रदान र समिक्षा गरियो । यस्तै, सबै विद्यालयका सबै कक्षाको नतिजा बालबालिकासम्म र्पुयाउने कार्य सम्पन्न भएको हुनाले तल्लो कक्षा पठनपाठन पुरागरेका विद्यार्थीहरुलाई माथिल्लो कक्षामा अभिलेखीकरण गर्ने र ती सबै बालबालिकाको हातहातमा नयाँ पाठ्यपुस्तक र्पुयाउने समेत बैठकले निर्णय गरेको छ ।

स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षकका पेशागत संस्था, र विद्यालय समेतको पहलमा कोभिड(१९ को माहामारीले ल्याएको लकडाउनको अबस्थामा शिक्षकहरुलाई डिजिटल साक्षर तथा शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

शिक्षकहरुले आफुलाई शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता बिकास गर्न प्रयत्न गर्नुपर्ने, शिक्षा बिकास तथा समन्वय इकाइ र स्थानीय तहको पहलमा अनलाईन मार्फ कक्षा १(३ को एकिकृत नयाँ पाठ्यक्रम र स्थानीय पाठ्यक्रको अभिमुखीकरण गर्ने कार्यको थालनी गर्ने बैठकले निर्णय गरेको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button