कोरोनाको संक्रिमत व्यक्ति तनहुँमा भेटिए पनि बजार क्षेत्रमा भिडभाड घटेन्

समयमा नै सावधानी अपनाउनु पर्ने सरोकारवालाको भनाई,
दमौली खबर संवाददाता
जेठ २० दमौली
तनहुँको दशवटै स्थानीय तहका बजार क्षेत्रमा भिडभाड बढ्न थालेको छ । जिल्लाका स्थानीय तहले हप्तामा तीनदेखि चार दिनसम्म दैनिक ३र४ घण्टा समय तोकेर अत्यावश्यक वस्तु खरिद बिक्रीका लागि बजार खुल्ला गर्ने निर्णय गरेसंगै बजार क्षेत्रमा भिड बढ्न थालेको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन तथा न्यूनिकरकणका लागि भन्दै मुलुक बिगत ७० दिनदेखि बन्दाबन्दीको अवस्थमा हुँदा सबै क्षेत्र प्रभावित भएका छन् । लामोसमयदेखि जारी बन्दाबन्दीका कारण आमसर्वसाधारणहरु पनि घरबाट बाहिर निस्कन थालेका छन् । गत शनिबार आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टाईनमा रहेका ऋषिङका एक युवकमा कोरोना पुष्टी भएको थियो । तनहँुमा पनि कोरोना संक्रिमतिको व्यक्ति भेटिएपछि लकडाउनमा कडाई होला भन्ने सबैले सोचेका थिए । संक्रमित भेटिएता पनि बजार क्षेत्रमा भिडभाड घट्ेको अवस्था छैन् । विभिन्न बैक, सहकारी, मा अव्यवस्थीत रुपमा मानिसहरुको भिड लागेको थियो । जस कारणले कोरोनाको जोखिम बढेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button