कोरोना संक्रमितको सम्पर्क रहेकाको स्वांब संकलन

व्यास नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण भेटिएपछि बुधबार मात्रै एक सय १२ जनाको पिसिआर परिक्षणको लागि स्वांब संकलन गरिएको छ । कोरोनाको कारण मुत्यु भएकी व्यास १ अम्रेनीकी ५० वर्षिय महिलाको सम्र्पकमा आएका गरि एक सय १२ जनाको बुधबार स्वांब संकलन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । उनका अनुसार बालमन्दिरमा पत्रकार सहित कोरोना सक्रंमतीको सम्र्पकमा आएका गरि ४६ जनाको स्वांब सकंलन गरिएको छ । त्यस्तै व्यास ४ स्थित रहेको मर्दशा प्रा.विको क्वारेन्टाईनमा रहेका २१ जनाको व्यास १ अम्रेनका २३ गरि कुल एक सय १२ जनाको स्वांब सकंलन गरिएको हो ।

नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिएर पछि लकडाउन जारी गदै नगरपालिकाले कोरोना परिक्षणलाई तिव्रता दिएको हो । हाल सम्म नगरपालिका भित्र १२ सय भन्दा बढीको स्वांब संकलन गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button