देशभर सार्वजनिक यातायात सञ्चालनको तयारी

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउनको लागि अन्तिम तयारी गरेको छ । कम्पनीको पोखरा स्थित कार्यालय भवन अघि गुडाउनका लागि तयार राखेका गाडीहरुमा निसंक्रमण गरेर देखाउदै कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफुहरु १ गतेबाट देशभर सवारीसाधन संचालनको अन्तिम तयारीमा जुटेको बताए । अध्यक्ष केसीले सवारीसाधनमा यात्रु चढ्नु अघि पूर्ण रुपमा निसंक्रमित गरेर मात्र यात्रु चढाउने र यात्रु झरेपछि पनि निसंक्रमित गर्ने बताउदै सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर नै सवारीसाधन संचालनमा ल्याइने जानकारी दिए । “हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सवारीसाधन सञ्चालन गर्छौ । “उनले भने “निसंक्रमित अथवा स्यानीटाइज गर्ने कार्य हामीले गर्छौ, यात्रुहरुले आनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ ।“

निजी सवारीसाधनलाई थुनछेक बिना सुरक्षाका मापदण्ड नअपनाई ५ र७ हजार चर्को भाडा उठाएर यात्रु ओसार्न दिने तर सुरक्षा अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्छौ भन्दा सरकारले चाँसो नदिएको भन्दै अध्यक्ष केसीले गुनासो समेत व्यक्त गरे । यातायात व्यवसायी र मजदुरलाई कोरोनाले भन्दा पनि भोकले मर्न नदिनका लागि सवारीसाधन सञ्चालन गर्ने निष्कर्षमा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एवं कम्पनीका प्रमुख सल्लाहकार ऐन कुमार साईले बताए । “झन्डै ६ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना साधनहरू घर ग्यारेजमा थन्क्याएर राख्दा समेत कोरोना संक्रमण घट्नु भन्दा झन् बढेको छ”, साईले भने, “कोरोनाका कारण भन्दापनि भोकका कारण यातायातका मजदुर र स्वरोजगार व्यक्ति मर्ने अवस्थामा नहोस भनेर देशभर यातायात संचालन गर्न लागेका हौँ।“

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button