छुट्टाछुट्टै दुर्घटनामा चार घाइते

तनहुँमा बुधबार भएको छुट्टाछुट्टै दुर्घटनामा परि चार जना घाइते भएका छन ।देवघाट २ नरममा जीप पल्टँदा दुईजना गम्भीर घाइते भएका हुन् । कुखुरा बोकेर गएको जीप नरम गाउँमा सडकबाट झण्डै दुई सय फिट तल खस्दा चालक र सह चालक गम्भीर घाइते भएको छिपछिपे स्वास्थ्य चौकीका ईञ्चार्ज बालकृष्ण पराजुलीले बताए ।घाइते दुवैलाई स्वास्थ्य चौकीको टिमले उद्धार गरेर उपचार गरिरहेको स्थानीय रामवंशी ठकुरीले जानकारी दिए

।त्यस्तै पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका(६ शेराटारमा बुधबार स्कोरपियोको ठक्करबाट दुई जना घाइते भएका छन् । थर्पुबाट बेलचौतारातर्फ जा‘दै गरेको ग ५ प ६०९२ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा १७ च ३५२० नम्बरको स्कोरपियोले ठक्कर दिँदा मोटरसाइकल चालक र सवार घाइते भएको प्रहरीले जनाएको छ ।घाइते हुनेमा मोटरसाइकल चालक भिमाद नगरपालिका(८ चैनपुर बस्ने ३३ वर्षीय प्रेम परियार र सवार सोही ठाउँमा बस्ने १९ वर्षीय राजन परियार घाइते भएको प्रहरीले जनाएको छ । घाइतेद्वयको शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button