व्यासका दुई मजदुर विपन्न परिवारलाई खाद्यन्न र ग्याँस सहयोग

दमौली खबर संवाददाता
चैत १५ , दमौली

देश लकडाउनमा गए संगै अत्यावश्यक सामाग्रीको अभाव भएका सर्वसाधारणलाई सहयोग गर्ने त्रम सुरु भएको छ । शनिबार व्यास नगर युवा क्लव संजालको सक्रियतामा दुई मजदुर परिवारलाई सहयोग गरिएको हो । तनहुँको व्यास युवा क्लब सञ्जाल दमौलीको संयोजन तथा सामाजिक युवा अभियान्ताको सक्रियतामा शनिबार दुई परिवारमा खाद्यन्न र ग्याँस सहयोग गरिएको छ ।
नेपाल सरकारले कोभिड–१९ लाई मध्यनगर गर्दै गत मंगलबार देखि लकडाउन गरेपछि मजदुरीको भरमा बिहान बेलुकाको छाँक टार्न धौ धौ भएका व्यासनगरपालिका– १० निवासी दुई बच्चाकी एकल महिला प्रमिला बुढा मगरलाई एक थान ग्याँस प्रदान गरिएको हो ।
त्यसैगरी व्यासनगरपालिका–४ बागभन्ज्याङ निबासी दुई बच्चाकी आमा मिना परियारलाई एक बोरा चामल सहयोग गरिएको हो ।
सामाजिक युवा अभियान्ताका सल्लाहकार लक्ष्मी भक्त खनालले एक बोरा चामाल र ओरेन्ज होम संञ्चालक सोम थापा मगरले उपलब्ध गराएको एक थान ग्याँस दुई परिवारलाई सहयोग गरिएको व्यास युवा क्लब सन्जालका अध्यक्ष गौरब पन्थले बताउनुभयो ।
दुई परिवारलाई ओरेन्ज होमका संञ्चालक सोम थापा मगर र सामाजिक अभियान्ता लक्ष्मी भक्त खनालले संयुक्त रुपमा सहयोग हस्तान्तरण गर्नुभएको हो ।
आपतकालीन अबस्थामा सबै काम ठप्प हुँदा ज्याला मजदुरी गरी खाने परिवारको चुल्होमा आगो नबल्ने देखेपछि सानै भएपनि राहात पुग्ने उद्देश्यले सहयोग गरिएको अध्यक्ष पन्थले जानकारी दिनुभयो ।
गाउँ समाजमा रहेका जो ज्याला मजदुरीको भरमा बिहान बेलुकाको हात मुख जोर्न बाध्य हुने यस्ता बिपन्न परिवारलाई खोजी खोजी सहयोग गर्र्नु सच्चा मानवताको धर्म भएकोले थोरै भएपनि सहयोग गरी अरुलाई पनि प्रेरणा जागोस भन्ने उद्देश्यले सहयोग गरिएको खनालले जानकारी दिनुभयो । लक डाउनको अवधिमा भोकभोकै बस्न नपरोस भनेर सहयोग प्रददान गरिएको खनालले बताए । यो अभियानलाई निरन्तर जारी राखिने सञ्जालका अध्यक्ष गौरव पन्थले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button