सांसद खान द्धारा पत्रकारलाई मास्क प्रदान

दमौली खबर सम्बादादाता , प्रतिनिधि सभा सदस्य एव तनहँुकी नेकपा नेतृ कलिला खानले नेपाल पत्रकार महासंघलाई एक सय थान मास्क उपलब्ध गराएकी छिन् । मंगलबार पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चायलाई सांसद खानले मास्क हस्तान्तरण गरेकी हुन् ।
पत्रकारहरूमा सुचना संकलन गर्ने क्रममा विश्वभरी महामारीको रूपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखीम उच्च रहने भन्दै महासंघ मार्फत पत्रकारहरूलाई माक्स वितरण गरीएको सांसद खानले बताईन् । महासंघका अध्यक्ष आर्चायले सरकारले समेत सेल्फ क्वारेन्टाईनमा बस्नका लागी आग्रह गरीरहे पनि समाचार सम्प्रेशणका लागी दैनिक रूपमा व्यक्तिहरूको सम्पर्कमा आउनु पर्ने भन्दै यो अवस्थामा संक्रमणबाट जोगिनका लागी केही सहयोग भएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button