क्यानले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी प्रशिक्षण गर्ने

कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा तनहुँले सिकाई व्यवस्थापन प्रणाली सम्बन्धी अनलाइन प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा पुगेको असर र प्रविधि प्रयोग गरी कक्षा सञ्चालनका लागि गर्न सकिने आधार, सम्भावना र अप्ठ्याराका विषयमा छलफल गर्ने उद्देश्य सहित बुधबार कार्यक्रम आयोजना गर्न लागिएको जिल्ला शाखाका अध्यक्ष टिकाराम पनेरुले जानकारी दिए ।

उनले भने, “कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) सूचना प्रविधिसँग जोडिएको संस्था भएकाले यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्न सक्ने छ । ” भर्चुअल माध्यमबाट हुने उक्त कार्यक्रममा जिल्लाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षासँग सम्बन्धित व्यक्ति र प्रविधिसँग सम्बन्धित व्यक्ति तथा सरोकारवालाको सहभागिता रहने पनेरुले बताए ।

उक्त प्रशिक्षणमा रेगबहादुर भण्डारी र सगुन ढुङ्गानाले सहजीकरण गरने भएका छन् । कार्यक्रम सञ्चालनका लागि प्याब्सन, नेशनल प्याब्सनसँग सहकार्य गरिएको छ भने प्रशिक्षक एवं प्राविधिक पक्षका लागि कम्प्युटर एशोसिएसन अफ नेपाल महासङ्घ (क्यान) केन्द्रले सहयोग पु¥याएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button