बाढी र पहिरो प्रभावितलाई राहत सहयोग ।

तनहुँको युवा व्याबसायी अभियान श्रेष्ठले बागलुङ्ग जिल्लाको बाढी र पहिरो प्रभावितलाई राहत सहयोग गरेका छन् । गएको भदौं १७ गते बागलुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ मा परेको भारी वर्षाका कारण ठूलो बाढी र पहिरो गएको थियो । सोही बाढी र पहिरोले ठूलो रुपमा धनजनको क्षती गराएको थियो । हाल सम्म १७ जनाको मृत्यु भैसकेको छ, भने अझैं २१ जना वेपत्ता र २५ घर बगाएका रहेको प्रहरीले जनाएको छ । यस समयमा बागलुङ्ग जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ पुरै शोकमा डुबेको छ भने कतिपय घर बगाएर बगरमा परिणत भएको छ ।

सो क्षेत्रको स्थानीयलाई राहतमा सहयोग गर्न राष्ट्रिय स्तरका कलाकारहरु पनि लागी परेका छन् । कलाकार÷अभिनेता पल शाह तथा गायक दुर्गेश थापाको यस अभियानमा तनहुँको आँबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले समेत साथ दिएका छन् । श्रेष्ठल प्रभावितलाई ३० बोरा चामल आफ्नो व्याक्तिगत खर्चबाट प्रदान गरेका हुन् । उलने राहत बाड्न मंगलबार काठमाण्डौंबाट बागलुङ्ग तर्फ हिडेका कलाकारद्घय शाह र थापालाई तनहुँको अबुखैरेनीमा भेट गरी हस्तान्तरण गरेका थिए ।

सोही अभियान अन्तर्गत कलाकार शाह तथा गायक थापा दुुबै जना बाढी र पहिरो प्रभावितहरुलाई विभिन्न खाद्यन्न सामाग्री, लत्ताकपडा सहित राहत बाड्न मंगलबार काठमाण्डौंबाट बागलुङ्ग तर्फ प्रस्थान गरेका छन् । भोलि बुधबार ढोरपाटन नगरपालिका वडा नं. ८ र ९ का ५० घरपरिवार बाढी र पहिरो प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रम रहेका गायक÷मोडल दुर्गेश थापाले जानकारी दिए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button