प्रदेशसभा सदस्य कोईरालाद्धारा दुख व्यक्त

दमौली खबर सम्बददाता
असार ३०, दमौली
गण्डकी प्रदेशसभा सदस्य आशा कोईरालाले तनहुँमा आईतबार रातीको अविरल बर्षापछि खसेको पहिरोमा परी ११ जनाले ज्यान गुमाएको घटनाप्रति दुख व्यक्त गरेकी छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनले सोमबार ऋषिङ गाउँपालिकाका – ८ भैँसीकिलेमा ५ जना, व्यास नगरपालिका – ९ माझफाँटमा ४ जना, व्यास–११ ओडारेमा १ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा १ जना गरी ११ जनाको मृत्यु भएको र एक जना वेपत्ता भएसंगै ठुलो जनधनको क्षति भएको घटनाले आफुलाई अत्यन्त मर्माहत बनाएको बताएकी छन् । ‘बिपद्को घडीमा उद्दार, उपचार, राहत वितरण एवम् पुननिर्माणमा जुट्नुहुने सम्पुर्णमा उच्च सम्मान छ । यो बेलामा धैर्यधारण गर्न र उच्च सतर्कता अपनाउन सम्पुर्ण जनसमुदायमा हार्दिक आग्रह गर्दछु’, विज्ञप्तीमा भनिएको छ ।

Asha-Koirala

दिवंगत हुनेका परिवारलाई उचित राहत, घाइतेको निशुल्क उपचार, पीडित र प्रभावितहरुको उचित ब्यबस्थापन र क्षतिपूर्ति साथै सम्भावित जोखिम न्यूनीकरणमा सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउने कोईरालाले उल्लेख गरेकी छन् । अझै पनि भारी बर्षा भईरहदाँ बाढी, पहिरो र डुबानको जोखिम उस्तै भएकाले सतर्कता अपनाई सुरक्षित स्थानमा रहन उनको अनुरोध छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button