चितुवाको आतङ्कले स्थानीयवासी त्रसित

तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतङ्कले स्थानीयवासी त्रसित भएका छन् । चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् । शनिबार राति स्थानीयवासी गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ । स्थानीयवासी सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ । ‘घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,’ उनले भने । वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतङ्क रहेकाले स्थानीयवासी त्रसित रहेको जानकारी दिए

 ‘शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,’ उनले भने, चितुवाको आतङ्क भने छ ।’ उनका अनुसार केही समय अगाडि भनेस् थ ा न ी य व ा स ी ल े पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो । जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका , शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन् । – रासस

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button