कांग्रेस नेता जोशीको तनहुँबासीलाई सुरक्षित रहन आग्रह

दमौली खबर संवाददाता
चैत १३ दमौली
नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशी जिल्लाबासीलाई सुरक्षित रहन अग्रह गरेको छन् । विश्व भर फैलिएको कोरोना भाइसरको महामारीलाई मध्यनजर गर्दै नेता जोशीले बिज्ञाप्ती मार्फत जिल्लाबासीलाई सुरक्षित रहन अपिल गरेको हुन् । बिज्ञाप्तीमा देशमा लड डाउनको अवस्था रहेको र सम्पुर्णले विश्व स्वास्थ संगठन र सरकारले दिएको सुचनालाई पालन गर्न आग्रह समेत गरेका छन ।

नेता जोशीले आफु जिल्लामा रहन नसके पनि यो संकटको घडीमा आफनो मन तनहुँबासिको साथमा रहेको जिकिर गरे । यस्तै उनले यो बिपदको समयमा तनहुँका राजनितिक दलका नेता तथा कार्यकता सबै संघ संघगठन सबैलाई सहयोगका हात अगाडी बढाउन र यस महामारी विरुद्धको लडाईमा बिजय हाषिल गर्न शुभ–कामना समेत दिएका छन् ।

बिज्ञाप्ती पाठ गर्नुहोस ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button