कोरोनाको त्रासले लागेन दमौलीमा होली

दमौली खबर सम्बाददाता
फागुन २६, दमौली । व्यास २ का विकास खनालले यसपालिको होलीमा घरमै बसेर रमाईलो गरेको बताएका छन् ।
चीनदेखि फंैलिदै गएको कोरोना भाइरसको कारणले यसपालिको होली खल्लो भएको बताउदै उनले चिकित्सकहरुले दिएको सुझाव अनुसार नै यसपालि होली नखेलेको बताए । विगतका वर्षहरुमा होली भन्दा दुई दिन अघिदेखिनै रंग, अबिरसहित अन्य वस्तुहरुको जोरजाम गर्ने गरेको बताउदै उनले, यस वर्ष रंग अबिरक् टिका मात्र लगाएको बताए । उनले होलीको अवसरमा दमौली बजार भरिभराउ हुने गरेकोमा यसपालि खासै रौनक नदेखिएको बताउदै अन्यको योजना पनि म भन्दा फरक नभएको बताए । उनले भने, “होलीको अवसरमा दमौलीमा ठूला ठूला कार्यक्रमहरु भएका थिए , अहिले सुनसान भएको छ । ” उनको मात्रै होइन व्यास ४ की बसुन्धरा घर्तीले पनि कोरोना भाइरसको प्रभावको कारणले यसपालिको होली यसक्षेत्रमा नै खल्लो भएको
बताईन् ।
कोरोना भाइरसकै कारणले च्याम्बर अफ कर्मसले आयोजना गर्न लागेको होली महोत्सव समेत अन्तिम समयमा आएर रोकिएको थियो । सरकारले भाइरसको कारणले सभा, सम्मेलनहरु नगर्न गरेको आग्रह अनुसार दमौलीमा हुने विभिन्न होली हंगममा कार्यक्रम रोकिएको तनहुँ चेम्बर अफ कमर्शका अध्यक्ष कृष्ण आर्चायले बताए । उनले कार्यक्रममा भिडभाड हुने भएकोले संयमताको लागि कार्यक्रम नगरिएको बताए ।
त्यही भएर पहिला पहिला छयाप्छयाप्ती रुपमा दमौली बजारमा भेटिने रंग, अबिर तथा केटाकेटीहरुको लागि रंग छर्किने बन्दुकसहितका सामग्रीहरु कम मात्रामा देखिएका थिए।
जिल्ला प्रशासन कार्यालय तनहँुले कोराना भाईसरबाट बच्न भिडभाडमा नजाने, हात नमिलाउने, रुघाखोकी, तथा स्वासप्रस्वासका विरामीको नजिक नजाने तथा हातहरुको सरसफाई नियमित गर्नुपर्नेमा आग्रह समेत गरेको थियो ।
कोरोना भाइरसको जोखिम नियन्त्रणको लागि तनहुको विभिन्न सरकारी अस्पतालहरुमा हेल्प डेस्क राखिएको छ भने सचेतना मुलक ब्यानरहरु पनि टाँसेको छ । तथा स्वासप्रस्वासका विरामीको नजिक नजाने तथा हातहरुको सरसफाई नियमित गर्नुपर्नेमा आग्रह समेत गरेको थियो ।
कोरोना भाइरसको जोखिम नियन्त्रणको लागि तनहुको विभिन्न सरकारी अस्पतालहरुमा हेल्प डेस्क राखिएको छ भने सचेतना मुलक ब्यानरहरु पनि टाँसेको छ । नगरपालिकाले फ्ुटपाथमा व्यापार गर्न नदिएपछि फुटपाथमा व्यापार गदै आएका व्यापारिहरु आफनो पेशा छोडनुपर्ने बाध्यता आएको थियो । फुटपाथ व्यापारीहरु नै मिलि मिनि मार्केट सञ्चालन गर्दा नगरपालिकालाई पनि सहज भएको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button