लकडाउनमा फुर्सदिला बनेकाहरु समयको सदुपयोग गर्दै सिर्जनात्मक कार्यमा व्यस्त

दमौली खबर संवाददाता
जेठ २७ दमौली

लकडाउनमा धेरै फुर्सदिला बनेका छन् । धेरैले यस समयको सदुपयोग पनि गर्दै आएका छन् । लकडाउनले धेरैमा बेचैनी बढाएपनि समयको सदुपयोग गर्न जान्नेहरुले भने यस समयलाई सिर्जनात्मक बनाउँदै त्यसलाई व्यवसायमा पनि बदलेका छन् ।

व्यास ६ बाह्रबीसेका रामलाल श्रेष्ठ शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा व्यवसाय गर्छन् । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाईरसको त्रासको कारण अहिले सरकारले लकडाउन गरेको अवस्था छ । सरकारले लकडाउन सुरु गरेको अघिल्लो दिन श्रेष्ठ आफनो घर फर्किए । लकडाउनको समय बिताउन उनले अहिले मुढा बुन्ने गर्छन् । उनले भने ‘लकडाउन एक साता होला जस्तो लागेर घर आए तर दुई महिना भन्दा पनि बढी भईसकेछ । लकडाउनको बेला समय बिताउन अहिले मुढा बुन्दै छु ।’

१० वर्ष अघि आफनो बुबासंग मुढा बुन्न सिकेको उनको भनाइ छ । उनी मात्र नभइ सोही ठाँउका टीकाराम श्रेष्ठ पनि लकडाउनको समयमा टर्की व्यवसायमा लागेका छन् । विदेशमा दश वर्ष भन्दा बढी काम गरेका उनी लकडाउन हुनु भन्दा एक महिना अघि नै स्वदेश फर्किएका थिए । लकडाउनको समयमा उनलाई टर्की व्यवसाय तर्फ आकर्षित भएको उनी बताउछन् । लकडाउन खुले पछि उनी विदेश नगई आफनौ गाँउमा नै टर्की व्यवसायलाई निरन्तरता दिने बताउछन् । त्यस्तै व्यास ३ कि अप्सरा लामा शाह कम्पुटर व्यवसाय अंगाल्दै आएकी छिन् ।

लकडाउन भएसँगै उनको व्यवसाय बन्द छ । शाहले पनि बन्दाबन्दीको समयलाई सदुप्रयोग गदै कोठा भित्रका सरवाट सामग्री निर्माण गर्छिन् । उनले भनिन्, लकडाउनले व्यवसायमा ठप्प पारेको छ, यो समयमा कोठाको सजावटको लागि विभिन्न हातेबुनाई समग्री तयार पार्दैछु । ’ पछिल्लो समयमा तनहुँमा लकडाउनको समयलाई सदुपयोग गर्दै आ आफनो काममा घरमा नै व्यस्त छन् ।

कसैले अहिले घरमा रङ रोगन गदैछन् भने, कसैले आफनौ कौसी बारीमा तरकारी लगाउन देखि फुलहरु गोड्ने गरेको पाईएको छ । लकडाउनको पहिलो हप्ता सर्वसाधरणलाई लकडाउनको समय बिताउन असहज भएपछि अहिले सबैले आ आफनो घरमा बसेर आफनो काम गरिएका छन् भने विभिन्न सिर्जनात्मक सिप कलालाई व्यवहारमा उतारेका पनि छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button