तालको सहर बनाउन हाते एक जुट होऔं

सम्पादकीय

मादीलाई थुनेर सदरमुकाम दमौली र यसको आसपासको क्षेत्रलाई तालको सहर बनाउने योजना महत्वकांक्षी योजना हो । ठुलो वजेटको योजना भएकाले यस सपनालाई पुरा गर्न जटिल छ तर हातमा हात, काँधमा काँध मिलाएर तनहुँवासी एकजुट हुने हो भने सार्थकता दिन सकिन्छ । पोखरा आउने पर्यटकलाई दमौली र यस आसपासको क्षेत्रमा जलविहारको माध्यमबाट लोभ्याउन व्यास नगरपालिकाले थालनी गरेको तालको सहर बनाउन कार्य ठुलो वजेट आवश्यक भएकाले एकजुट विना सम्भव छैन । सबै राजनीतिक दल मिलेर मद्धत गर्न आवश्यक छ

व्यास नगरपालिकाको गौरवको योजनाको रुपमा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको कार्य अघि बढाई नगरपालिकाले यस कार्यको चासो दिनु खुसीको कुरा हो । परियोजनाको वजेट २६ अर्ब रुपियाँको प्रस्ताव पेश समेत नगरपालिकाले गरेको छ । यो वजेट नगरपालिका एक्लैले व्यस्थापन गर्न नसक्ने हुँदा गण्डकी प्रदेश तथा संघीय सरकारसँग सहकार्य गर्नु पर्ने भएकोले एकजुट भएर अघि बढ्नु जिल्लावासीको जरुरी छ । मादी नदीबाट जति फाईदा लिनु पर्ने हो त्यति लाभ लिन सकिएको छैन । नदी आसपासको क्षेत्रमा सिंचाई दमौलीमा खानेपानीको लागि प्रयोग लगायतको क्षेत्रमा लाभ लिईएको अवस्थामा नदी थुनेर ताल बनाउने हो भने जल पर्यटनको माध्यमबाट पोखरा आएका पर्यटकलाई दमौलीमा तान्न सहज हुने र पर्यटनको माध्यमबाट थप आम्दानी लिन सकिन्छ । दमौली देखि शिसाघाट सम्मको मादी नदीको १८ किलोमिटर क्षेत्रलाई समेटेर सो योजना अगाडि बढाइएकोले धेरै वासिन्दा लाभाविन्त हुने देखिन्छ । जलविहारको अतिरिक्त माछापालको माध्यमबाट समेत थप आम्दानी लिन सकिन्छ छ । पोखरामा आउने पर्यटकबाट पोखरेलीहरुले धेरै लाभ लिएका छन् । त्यसरी नै दमौलीलाई तालको सहर बनाएर लाभ लिन सकिन्छ । यस योजनालाई हामी सबैको सपना ठानेर साथ दिऔं र सफल पारौं ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button