समाजसेवा, राजनीति देखि लिएर सञ्चारकर्मको यात्रामा पण्डित

दमौली खबर संवाददाता

दमौली, ०४ कात्तिक


दमौली, ४ कात्तिक । तनहुँका एक व्यक्तिले समाजसेवा, राजनीति देखि लिएर हाल सञ्चार उद्यमी सम्मको यात्रा अघि बढाएका छन् ।
व्यास नगरपालिका–४ दमौली निवासी हरिशरण पण्डितको धेरै क्षेत्रमा अनुभव रहेको छ । पूर्व शिक्षक समेत रहेका पण्डित हाल सञ्चार क्षेत्रमा महत्वपूर्ण पद सम्हाल्ने अवसर पाएका हुन् ।

तनहुँ सञ्चार सहकारी सस्थाको हालै सम्पन्न अधिवेशनले अध्यक्षको जिम्मेवारी पाएका छन् । यस अघि पण्डित सो सस्थाको सचिव र उपसभापतिको रुपमा काम गरेका थिए । पण्डित सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को तनहुँ संयोजक तथा गण्डकी प्रदेशको सदस्य हुन् ।
व्यास नगरपालिका–६ साँगेमा बुबा स्व.युदुनाथ पण्डित र आमा स्व.रमादेवी पण्डितको कोखबाट माईला सुपुत्रका रुपमा जन्मिएका पण्डित बौद्धिक तथा प्रष्टवक्ता रुपमा चिनिन्छन् । उनले शिक्षाशास्त्र संकायमा स्नाकोत्तर तह सम्मको अध्ययन पुरा गरेका पण्डित मानविकी संकायको पनि स्नातक हुन् । पण्डित २०४२ सालमा काठमाडौंबाट स्थायी शिक्षकका रुपमा सेवामा प्रवेश गरेका थिए । २०४४ सालमा तनहुँ सरुवा भई आएका पण्डित शिक्षक भएको छोटो समयमा नै ३० वर्षको उमेरमा प्रधानाध्यापक पदमा जिम्मेवारी पाएका थिए । व्यास नगरपालिका–१० बैरेनी स्थित चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालयको माध्यामिक तहको सस्थापक प्रधानाध्यापक भएर शैक्षिक, भौतिक तथा आर्थिक पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पण्डित प्रधानाध्यापक रहेको समयमा सो क्षेत्रमा वसोवास गर्ने सिमान्तकृत बोटे, दरै एवं गरीव तथा निम्न स्तरका समुदायमा भर्नादर र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेखनीय प्रगति गर्न सफल भएका थिए । उनी प्रधानाध्यापक भएको विद्यालयबाट बोटे समुदायमा नेपालमानै पहिलो एसएलसी उतीर्ण छात्रा रमा बोटेलाई शिक्षकको रुपमा नियुक्त गरेको स्मरण गर्छन् । शैक्षिक उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै पण्डितले २०५२ सालमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्नुका थुप्रै प्रशंसापत्र प्राप्त गर्न सफल भएका छन् । पाँच वर्ष अघि शिक्षण पेशाबाट निवृत्त पण्डित हाल समाजसेवामा व्यस्त रहेका छन् । उनी रेडक्रस तनहुँका कोषाध्यक्ष हुन् । रेडक्रसमा लामो समय देखि आवद्ध पण्डित रेडक्रस साँखर उपशाखाको पूर्व सभापति समेत हुन् । शितलचोक वागभञ्ज्याङ कृषि सडक निर्माण समितिका अध्यक्ष, शितलचोक टोल विकास सस्थाको सल्लाहकार, कालिका मन्दिर सहिद शान्तिपार्क दमौलीको सदस्य, पर्यटकीय स्थल श्याम्घा गलेखामकोट भैरवी पर्यटन समितिको सदस्य स्थानीय सामुदायिक वन उपभोक्ता समितिमा आवद्ध छन् ।
व्यास –५ साँगे स्थित जनजुक्त शाही माध्यामिक विद्यालयबाट नेपाल विद्यार्थी संघको सस्थापक सभापति भई २०३६ सालको विद्यार्थी आन्दोलनमा सलग्न पण्डित नेवि संघ तनहुँका उपसभापति, टे«ड युनियन काँग्रेस तनहुँको सचिव हुँदै नेपाल शिक्षक संघको संगठन विभागका पूर्व केन्द्रीय सदस्य हुन् । जनमत संग्रहमा बहुदलिय व्यवस्थाको पक्षमा चुनाव प्रचारको दौरानमा विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुसँगको भेटको क्रममा उहाँहरुको प्रेरणा र विचारबाट प्रभावित भई राजनीति र समाजसेवामा लागेका थिए । सङघर्षको दौरानमा धेरै पटक धरपकटमा समेत परेका पण्डित हाल विपी विचार समाज तनहुँका सचिव हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button