तनहु“मा नेता जोशी समुहद्धारा गाउ“स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति चयन

दमौली खबर संवाददाता
२० पुस,दमौली । नेपाली काँग्रेस तनहुँको तर्फबाट बनेका उम्मेद्वारले आगामी स्थानीय तहको निर्वाचनमा वडा देखि पालिका स्तर सम्ममा वागी उम्मेद्वारको सामाना गर्नु पर्ने अवस्था देखिएको छ । नेपाली काँगेस पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समुहले तनहुँमा गाउँपालिका स्तरीय निर्वाचन सम्बन्धि उम्मेद्वार छनोट समिति गठन गरेकाले वागी उम्मेद्वार छनोट गर्नु पर्ने अवस्था देखिएको हो ।
स्थानीय तहको निर्वाचनको लागि जोशी समुहले तयारी थालेको छ । नेता जोशीलाई पार्टीले साधरण सदस्यता समेत नहरहने गरी गरेको कारबाही गरेकोले उहाँको समुहले छुट्टै उम्मेद्वारको चयनको तयारी गरिहेको छ । राजनीतिक समस्या भएकाले व्यक्ति माथिको कारबाहीको फुकुवाले समस्या निकास नहुने भएको छ । महत्वपूर्ण नेता तथा कार्यकता पार्टीको तर्फबाट सहभागी भएनन् र सबै विषयमा समस्याको समाधान नभएमा जिल्लामा काँग्रेसको झन् विकराल समस्या बन्दै जाने देखिएको छ ।
जोशी समुहको बैठक बसेर ६ वटा गाउँपालिका र ४ वटा नगर पालिका गरी तनहुँका १० वटै स्थानीयतहरुमा उम्मेदवार छनोटको लागि संयोजक समेत तोकेको छ ।
व्यास नगरपालिकामा हरिशरण पण्डित, भानु नगरपालिकामा केशबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिकामा इन्द्र पौडेल र सहसंयोजकमा हरि भण्डारी र भिमाद नगरपालिकाकामा नरेन्द्र थापालाई संयोजक तोकेको छ । त्यसैगरी घिरिङ गाउँपालिकामा गोपाल भण्डारी, ऋषीराम पोखरेल, ऋषिङ गाउँपालिकामा कमलभक्त पोख्रेल, देवघाटमा गणेश तिवारी, आँबुखैरेनीमा सोलबहादुर चितौरे मगर, बन्दीपुर गाउँपालिकाको शुकुमलाल गुरुङ र म्याग्दे गाउँपालिकाको संयोजकमा विष्णकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ ।
८८ वडाका ८३ स्थानमा भेटघाट कार्यक्रम तय
यसैबीच नेता जोशीले निर्वाचनलाई लक्षित गरी वडा भ्रमणलाई तिब्रता दिनु भएको छ । वडा भ्रमणका क्रममा क्षेत्र नम्बर २ को ४३ वडा मध्ये ३८ वटा वडामा ८२ स्थानमा भेटघाट गरिसक्नु भएको छ । यसैक्रममा मंगलबार नेता जोशीले देवघाट गाउँपालिकाको –१ दुई स्थानमा मंगलबार भेटघाट गर्नु भएको हो । नेता जोशीले सो वडाको कोटा र कोटा नजिककैको पार्वती माध्यामिक विद्यालयमा भेटघाट गर्नु भएको हो ।
सो अवसरमा नेता जोशीले पञ्चायत कालिन कठिन दिनहरुमा दुर्गम क्षेत्रमा सङ्गठन विस्तार गर्ने सो क्षेत्रलाई प्राथमिकता दिएर विकासको काममा अघि बढेको बताउनुभयो । नाच गान तथा मनोरञ्जनमा मात्रै सिमित हुने शिक्षामा पछि परेकाले शिक्षाको मुल धारमा ल्याउन विद्यालय खोलेको स्मरण गर्नुभयो । देवघाटलाई धार्मिक, सास्कृति तथा विकासको पूर्वाधार ल्याउन र देवघाटसँग जोडिएका तनहुँका अतिरिक्त चितवन र नवलपुरको लागि पनि ध्यान दिई देवघाट क्षेत्र विकास समिति गठन गरेको जानकारी दिनुभयो । हिन्दु सनातन धर्मको विकास गर्ने मद्धत पु¥याउने थप उद्धेश्य राखी अघि बढाएको बेला निर्वाचन क्षेत्र फरक पारिएकोले अबरुद्ध हुन पुगेको बताउनुभयो । कार्यक्रममा काँग्रेसका नेता तथा बीपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले काँग्रेस तनहँुँको सस्थापक सचिव रहनु भएका नेता जोशीलाई बाहिर राखेर तनहुँमा काँग्रेसले चुनाव जित्न नसक्ने बताउनुभयो । कार्यक्रम नेपाली काँग्रेस देवघाट–१ का वडा सभापति भविलाल थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बीपी विचार समाजका तनहुँका सदस्य शुकुमलाल गुरुङ, नेकाँ देवघाट गाउँपलिकाका उपाध्यक्ष पुरुषोत्तम शर्मा, पण्डित, क्षेत्रिय प्रतिनिधी गणेशबहादुर गुरुङ, पूर्व वडा सभापति शेरबहादुर गुरुङ, लगायतले मन्तव्य राख्नु भएको थियो । पार्वती माविको स्थलगत अध्ययनको क्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम रेग्मी, शिक्षक पुरुष नारायण चौधरीले जानकारी दिनु भएको थियो । सो विद्यालय पूर्वमन्त्री जोशीले स्थापना गर्न मद्धत पु¥याउनु भएको कार्यक्रममा जानकारी दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button