प्रारम्भिक वार्ता गर्न वार्ता टोली गठन

आउँदो माघ मसान्तसम्म पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न नेता जोशीको संयोजकहरुलाई निर्देशन | बिपि बिचार राष्ट्रिय समाजका सह सभापति एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीको प्रमुख आतिथ्यतामा आज दमौलीमा समाजको पालिका स्तरीय इन्चार्जहरुको बैठक सम्पन्न भएको छ । बैठकमा नेता जोशीले आउँदो माघ मसान्तसम्म साधारण सदस्यता वितरण गरि पालिका स्तरिय अधिवेशन सम्पन्न गर्न पालिका संयोजकहरुलाई निर्देशन दिनुभएको छ । नेपाली कांग्रेसले बिपिको बिचार, नीति र सिद्दान्त छोडेको कारणले ११ बर्ष अगाडिदेखि खबरदारी गर्न समाजको गठन गरेको नेता जोशीले स्मरण गराउनु भयो । बिना कारण आफुलाई कार्वाही शिफारिस गरेको काङ्ग्रेस नेतृत्व प्रती रोस व्यक्तगर्दै नेता जोशीले अब पार्टी सङ मिल्ने प्रस्ताव आए प्याकेजमा मात्र सहमति हुनसक्ने बताउनु भयो ।

यस सन्दर्भमा समाजको तर्फबाट निर्वाचन लगायत विभिन्न पक्षसङ्ग प्रारम्भिक वार्ता गर्न तनहुँ क्षेत्र न १ मा काङ्ग्रेस नेता एवम् बिपि बिचार समाज तनहुँका सचिव हरिशरण पण्डित , सदस्य शुकुमलाल गुरुङ र क्षेत्रीय संयोजक केशर बहादुर गुरुङ लागि जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै तनहुँ क्षेत्र नं.२ को लागि समाजका उपसभापति गोपाल प्रसाद भण्डारी , सदस्य इन्द्र प्रसाद पौडेल र संयोजक नरेन्द्र थापालाई जिम्मेवारी दिइएको छ । तनहु जिल्लामा ६ वटा गा। पा र ४ वटा न . पा रहेका छन । क्षेत्र न १ मा ४३ वटा वडा छन । अहिलेसम्म ३५ वडा को ९१ ठाउमा जोशी को कार्यक्रम सम्पन्न भएको छ । बिपि बिचार समाज तनहुँका सभापति डिल्लिराम अधिकारिको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो वैठकमा परिचयात्मक कार्यक्रमका साथै पालिका संयोजकहरुले सम्बन्धित पालिकाको प्रगती प्रतिवदन पेश गर्नु भएको थियो । बैठकमा वर्तमान राजनितिक परिवेश उपर सघन समिक्षा हुनुका साथै आगामी निर्वाचनका सम्बन्धमा धारणा राख्ने काम भएको समाजका सचिव हरिशरण पण्डितले बताउनु भयो

यसैबिच आज बिहान प्रजातन्त्र सेनानी स्व. युवराज न्यौपानेको निधन प्रति शोक व्यक्त गर्न व्यास–४ स्थित निबासमा पुगी उहाँको धर्मपत्नी तथा परिवारजनलाई सान्तवना दिदै समवेदना व्यक्त गर्नुभएको छ ।

यसैगरी नेता जोशीले आज साँझ व्यास–११ स्थित अर्चलचौरमा समाजसेवी तिलक बहादुर अधिकारीकी धर्मपत्नी नेपाल महिला संघकी सदस्य पार्बती अधिकारीको निधन प्रति निबासमै पुगी गहिरो दुःख व्यक्त गर्नु भएको छ । एक मिनेट मौन धारण गरिएको सो शोकसभामा नेता जोशीले उहाँको निधनले प्रजातान्त्रिक आन्दोलनमा अपुर्णनिय क्षति पुगेको विचार व्यक्त गर्नुभएको थियो । सो सभामा नेता जोशीसँगै परिवार, आफन्तजन र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै भोली मंगलबार जनता भेटघाट कार्यक्रम अन्तर्गत नेता जोशीको देवघाट हुदै कोटा र खाल्टेमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button