महिलाहरु काममा अब्बल बनौं

नेपालमा प्रधानमन्त्री बाहेक धेरै महत्वपूर्णपदमा महिला पुग्न सफल भएका छन् ।  विद्यादेवि भण्डारी दुई कालकाल राष्ट्रपतिको अवसर पाउनु भएको छ । ओन्सारी घर्ति मगर सभामुख बन्न सफल हुनु भयो । त्यस्तै शुसिला कार्की पहिलो महिला प्रधानन्यायधीश बन्न सफल हुनु भयो । नेपाली समाजमा महिलाहरु सामाजिक विभेदलाई छिचोल्दै आफ्नो कदम अगाडी बढाएर सफलता प्राप्त गरेका छन् । पृति सतात्मक सोचको कारण महिलाहरु घरको चुलो चौका सिमित भएकोले उन्नतीका बाधक बन्न पुगेको देखिन्छ । घरधन्दाको काममा पुरुषले सघाउने हो भने महिलाहरु राजनीति, आर्थिक तथा सामाजिक क्षेत्रमा अघि बढ्न सक्छन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा पहिलो पटक महिलाले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ । यो पनि महिलाहरुले अवसर लिएर इतिहास रच्न सफल हुनु भएको हो ।  तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठले हालै जिम्मेवारी सम्हाल्नु भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा कार्यरत श्रेष्ठले अधिकृतमा नाम निकाले पनि आफ्नै जन्मभूमीको जिल्लामा काम गर्ने अवसर पाउनु भएको छ । प्रशासकीय अधिकृतको रुपमा काम गरेको पहिलो अनुभव भएपनि सेवा प्रवाह राम्रो भएको पाइन्छ ।  श्रेष्ठको सेवा प्रवाह यस अघि रहेको पुरुषको भन्दा कुनै कमी नभएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेको भनाईबाट महिलाहरु काममा अब्बल हुन्छन् भन्ने पुष्टि हुन्छ । ३७ वर्षिय श्रेष्ठले अङग्रेजीमा स्नाकोत्तर गर्नु भएको र उहाँको माथिल्लो योग्यता भएकाले भविश्यमा पदोउन्नती भई काम गरेर महिलाहरु काममा पुरुष सरह गर्न समक्ष हुन्छन् भन्ने सन्देश दिनु उपयुक्त हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button