नयाँ प्रहरी प्रमुख आए सँगै फरार प्रतिवादीहरु धमाधम पक्राउ

दमौली

तनहुँ प्रहरीले नयाँ प्रहरी प्रमुख पाए संगै फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् । बिभिन्न अपराध गरेर सजाय नकाटी फरार रहेका प्रतिवादीहरु अहिलेका प्रहरी उपरीक्षक अरुण पौडेलको निसानामा रहेका छन् ।

कार्यभार सम्हालेका करिब १० दिन जतिमै फरार अभियुक्तहरु र पुराना फाइलहरुमा ध्यान दिएका एसपीले जिल्लाको शान्ति सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने दमौली खबरसंगको एक अन्तर्वातामा बताएका छन् । गएको १७ गते प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाँउपालिका वडा ६ बस्ने मनोज कुमार गुरुङ रहेका छन् । उनले गत जेठ २८ गते बन्दिपुर धरमपानी जाने क्रममा ट्रायक्टर चलाएका र सोहि ट्रायक्टरलाई दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा संगै बसेका स्थानिय २२ वर्षका पञ्चराज गुरुङ घाइते भएका थिए । मनोजले घाइतेलाई सोहि ट्रायक्टरले किचेर घटनास्थलमै मृृत्युको मुखमा पुराएका थिए । फरार रहेका मनोजलाई प्रहरीले व्यास ३ सिर्जनाचोकमा फेला पारी पक्राउ गरेको हो । हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

यस्तै अर्का १२ वर्ष देखि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पनि पक्राउ परेका छन् । व्यास नगरपालिका वडा १३ बस्ने २७ वर्षका बिक्रम सुनाम परियारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनले २०६५ साल फागुन १० गते पोखरीभञ्ज्याङ गाबिस हाल व्यास १३ कस्ने प्रेम बहादुर परियार र गोरे परियारलाई ढुङगाले हत्या गरेका थिए । हत्या पश्चात उनले शवलाई मादिसेती नदिमा फालेका थिए । जिल्ला अदालतले उनलाई २०६७ माघ १० गते उनलाई १ बर्ष ६ महिना कैद हुने गरि फैसला सुनाएको थियो । अदालतको फैसला आए लगतै फरार रहेका परियारलाई प्रहरीले बुधबार दमौलीबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरि जिल्ला कारागारमा पठाइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

तस्विरः प्रकाश अधिकारीको फेस्बुकवाल बाट

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button