लक डाउनका कारण मृर्गाैलाका बिरामीलाई अस्पताल धाउन समस्या

दमौली खबर संवाददाता
चैत १४ दमौली
लकडाउनका कारण मिर्गौलाको नियमित डायलासिस गर्नुपर्ने बिरामी एम्बुलेन्स रिजर्भ गरेर अस्पताल पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । सामान्य अवस्थामा मिर्गौलाका बिरामी सार्वजनिक गाडीमा ३० देखि ५० रुपैयाँ भाडा तिरेर जान्थे । तर लकडाउनको समयमा सोही दूरीमा एक हजारदेखि पन्ध्र सय रुपैयाँ एम्बुलेन्सको भाडा तिरेर अस्पताल पुग्ने गरेका छन् । ‘मोटरसाइकलमा जाउँला भनेको थिएँ । पुलिसले हिजो खोसिदिए । बल्लतल्ल अस्पताल आईपुगेँ,’ व्यास नपा– ६ शिशाघाटका देवबहादुर गुरुङले भने, ‘हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ ।’ दमौली अस्पतालमा डायलासिस सेन्टर छ । यहाँ डायलासिस गर्न बिरामीलाई पुग्न अहिले गाह्रो भएको छ। ‘शिशाघाटबाट लामो दुरी पार गरेर दमौली आएको उनले बताए । त्यस्तै शुक्लागण्डकी नगरपालिका बेलचौतराकी अनिसा सुवेदीले मालवाहक सवारी साधनमा आउने गरेको बताइन् । उनले भनिन्, ‘प्रहरीको सहायतामामा कहिले ट्रक, कहिले भ्यानमा आइराखेको छु ।’

 

व्यास–१ भाँदगाँउकी गंगा बरालीले पनि एम्बुलेन्सले एकपटक ल्याएको एक हजारदेखि पन्ध्र सय माग्ने गरेको बताइन् । त्यस्तै गुणादीकी दिलशोभा रानाले आफन्तको मोटरसाइकलमा आउने गरेको बताइन् । उनले भनिन्, ‘मोटरसाइकलमा आउँदा प्रहरीले रोके । डायलासिस गर्न जान थालेको भनेपछि छाडिदिए ।’ ‘कोरोना भाइरसको संक्रमणबाट बच्न हरेक व्यक्तिले सावधानी अपनाउनु पर्छ । तर हामीलाई बाध्यता छ निस्कनु पर्ने,’ रानाले सुनाइन् । लकडाउनले गर्दा डायलासिस गर्ने बिरामीको संख्या घटेको छैन । ‘जसरी–तसरी बिरामी आउनुभएको छ,’ डायलासिस सेन्टर दमौलीका ईन्चार्ज शैलेश पण्डितले भने, ‘डायलासिस बाहेक अरु सेवा दिएका छैनौँ । डायलासिस गर्न आउने बिरामीको संख्या घटेको भने छैन ।’ लकडाउनले गर्दा आवश्यक पर्ने स्रोत साधनको कमी भएको कारण डायलासिस गर्न आउनेलाई २ घण्टा मात्र समय दिइएको पण्डितले बताए । उनले भने, ‘पहिला चार घण्टा दिने गरिथ्यो अहिले लकडाउनको कारण बिरामीहरुलाई बचाएर राखेका हौं ।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button