पिडितलाई युके बाट सहयोग

व्यास ७ मा लाईन सट भई घर जलेको दुई घर परिवारलाई युके बाट सहयोग प्रदान गरिएको छ । तीन दोभान समाज युकेले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको हो । गत चैतमा लाईन सट भई दिलविक्रम र गोर्कना परियारको घर जलेर नष्ट भएको थियो । त्यसपछि उनिहरु छिमेकीको घरमा आश्रय लिएर बसेका थिए । युकेमा विभिन्न व्यवसाय तथा रोजगारी गरेका गाँउका स्थानिय युवाहरुले मिलि रकम संकलन गरि सहयोग गरेको समाजका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठले बताए ।

हाल युके रहेका श्रेष्ठले कोरोनाको महामारीले रकम चाडै संकलन गर्न नसकिएको बताउदै उक्त सहयोग रकमले केही राहत हुने उनले बताए । सहयोग रकम पिडितलाई हस्तान्तरण गदै सिटिभिटि पोखराका प्रमुख हर्कलाल श्रेष्ठले गाँउका युवाहरुले विदेशमा बसेर आफनो ठाँउमा सहयोेग गर्ने भावनाको विकास रहेको बताउदै सहयोगको सहि सदुप्रयोग गर्न पिडितलाई सुझाव दिए ।त्यस्तै वडा सदस्य युवराज गुरुङले विदेशमा रहेका युवाहरुमा गाँउ प्रति माया र भावना रहेका बताउदै गाँउमा असहज भएको व्यक्तिलाई सहयोग गर्न आवश्यक रहेको बताए । त्यस्तै मनबहादुर गुरुङले महामारीको बेलामा पनि विदेशमा रहेका युवाहरुले सहयोग गर्नु ठुलो कुरा रहेको बताए । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी हर्कमान श्रेष्ठ, पदमबहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button