दुग्ध उत्पादक किसानलाई ७५ प्रतिशत शेयर बोनस

जिल्ला दुग्ध उत्पादक संघ तनहुँले संघमा आवद्ध रहेका किसानहरुलाई ७५ प्रतिशत बोनस बितरण गर्दै आएको छ । २५ प्रतिशत संघको जगेडा कोषमा जम्मा गरी बाँकी ७५ प्रतिशत रकम शेयर बोनस बितरण गर्दै आएको हो । सहकारी ऐन अनुरुप आ आफ्नो सहकारी संस्था मार्फत बोनस बितरण गर्ने व्यवस्था गरेको छ । उक्त संघले बार्षिक रु.१० देखि १५ करोड सम्मको कारोबार गर्दै आएको संघका सचिव राजु भुजेलले जानकारी दिए । जिल्ला दुग्ध उत्पादक संघ तनहुँमा संकलन भएको दुध मध्ये ५० प्रतिशत मात्रै जिल्लाभित्र खपत हुने गरेको छ उनले भने, दैनिक ३ हजार लिटर दुध सजिलै खपत हुने गरेपनि अहिले मुश्किलले १५ सय लिटर दुध खपत हुने गरेको छ ।

हाल संघमा दैनिक पाँच हजार लिटर दुध संकलन हुदै आएको छ । जिल्लामा खपत नभएको दुध पोखराको सुजल डेरीमा पठाउने गरिएको संघले जनाएको छ । कोभिड–१९ का कारण होटल व्यवसायहरु संञ्चालनमा आउँन नसकेपछि दुध खपतमा कमी आएको संघका सचिव भुजेलले जानकारी दिए । संघले समय र आवश्यकता अनुरुप नौनी,पनिर,आइसक्रिम लगायतका परिकार समेत बनाएर बिक्री गर्दै आएको छ । उक्त संघमा जिल्लाको व्यासनगरपालिका, शुक्लागण्डकी नगरपालिका,म्याग्दे गाउँपालिका,भानुनगरपालिका,आँबुखैरेनी गाउँपालिका,बन्दिपुर गाउँपालिकाबाट दुध संकलन गरी ल्याउने गरेका छन् ।

यसरी संकलन हुने गरेका दुधलाई चिलिङ भ्याटमा राखेर चिस्यान गरिने र दुग्धजन्य परिकार बनाउनको लागि तताएर सेलाएपछि प्रयोग गर्ने गरिएको सचिव भुजेलले बताए । गोरखा,लमजुङ र तनहुँ गरी जिल्लामा उत्पादन गरिएको दुध संकलन गर्ने गरी व्यासनगरपालिका–११ रानीगाउँमा संघको आफ्नै भवन निर्माण गरिएको हो । विसं २०५३ सालमा भाडामा लिएर पाँच वटा दुग्ध सहकारीबाट शुरु गरेको यस संघमा हाल १८ सहकारी आबद्ध भैसकेको संघका अध्यक्ष यज्ञप्रसाद शर्माले बताए । किसानलाई प्रतिलिटर रु.५६ देखि ५८ सम्म दिने गरिएको उनले बताए ।

संघको आफ्नै भवन ः

जिल्ला दुग्ध सहकारी संघले आफ्नै भवन निर्माण गरेको छ । लामो समय देखि भाडामा संञ्चालन गर्दै आएको उक्त संघले करिब एक रोपनी क्षेत्रफलमा जग्गा किनेर रु.८० लाखको लागतमा भवन निर्माण गरेको हो । हाल उक्त संस्थामा २२ जनाले रोजगारी पाएका छन् । त्यसैगरी संस्थाले दुई वटा गाडी तथा मोटरसाइकल खरिद समेत गरेको छ ।संघमा आवद्ध रहेका र व्यवसायिक पशुपालन गर्दै आएका किसानहरुलाई लागतमा कमि र उत्पादनमा बृद्धि गर्ने नीति लिएको संघले जनाएको छ ।

किसानहरुलाई समय समयमा तालिम गोष्ठी प्रदान गर्दै लागत खर्चमा कसरी कमि ल्याउन सकिन्छ भन्ने बिषयमा जानकारी गराएको छ । थोरै पशुपालनले निर्वाहमुखी मात्रै हुने भएकोले उनीहरुलाई प्रोत्साहन गर्दै व्यवसायिक रुपमा बृद्धि गरिएको अध्यक्ष शर्माले बताए । संघले किसानले उत्पादन गरेको दुधको ग्यारेण्टी लिएपछि किसानहरु उत्साहित भएर लागेको उनले जानकारी दिए । संघमा आबद्ध कृषकहरुको समस्यालाई मध्यनजर गर्दै गाई भैसीका लागि दान उत्पादन कार्य समेत थालेको छ । दैनिक एक टन दाना उत्पादन गरिने स)घमा आवद्ध किसानहरुले लैजाने गरेको उनले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button