लागुऔषध सहित युवक पक्राउ

दमौली खबर सम्बाददाता
चैत ४ , दमौली ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ बरादी बाट लागू औषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा गोरखा जिल्लाका गोरखा नगरपालिका वडा नं. १४ याङकोट घर भएका २४ वर्षीय अनिल कुमार नहर्की रहेको जिल्ला इलाका प्रहरी कार्यालय आबुखैरेनीले जानकारी दिएको छ । प्रहरीले उनको साथ बाट डाइजापाम , नोफिन, फेने।ागन २५ र२५ थान गरी जम्मा ७५ थान लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग सडक छेउमा शंकास्पद ढंगबाट रातको समयमा हिँडि रहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । नहर्कीलाई लागू औषध मुद्धामा मुद्धा दर्ता गरी आबश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button