राष्ट्रिय युवा संघ नेपाल, तनहुँको हार्दिक अपिल 

राष्ट्रिय युवा संघ नेपाल, तनहुँको हार्दिक अपिल

कोरोना (कोभीड–१९) भाइरसको संक्रमणले सिङ्गो विश्व अक्रान्त बनेको छ । नेपाल पनि यसको संक्रमण र जोखिमबाट अछुतो बन्न सकेको छैन । अहिलेसम्म चार जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । जस मध्ये एक जनालाई सन्चो भएको छ । हाम्रो आशा र अपेक्षा छ, यो संख्या यसभन्दा बढि नहोस् । कोरोनाको संक्रमणबाट नागरिकलाई बचाउन सरकारले देशैभर अहिले लकडाउन गरेको छ । सरकारको अनुरोधलाई नागरिकले स्विकार गरेर सबै आ–आफ्नो घरमा बस्नु भएको छ । कोरोनाको स्थिती सामान्य भएपछि लकडाउन खुल्ने नै छ । अहिलेको समयमा विदेशबाट अाफ्नो घर, छर छिमेकमा कोहि अाउनुभएको छ भने अाफ्नो वडा अध्यक्ष, गाउपालिकाको अध्यक्ष, नगपालिकाको मेयर, प्रदेश सांसद , केन्द्रीय सांसदहरु जो नजिक हुनुहुन्छ वहाहरुलाई खबर गर्दिनु होला साथै यस्तो कठिन परिस्थितिमा नैतिक मूल्यमान्यतालाई ख्याल गरि कालो बजारी नगरिदिनुहुन पनि सबै व्यापारीवर्गमा हार्दिक आग्रह गर्दछौ साथै कालो बजारी गरेको फेला पारेमा कडा भन्दा कडा कारवाही गरिने पनि जानकारी गराईन्छ । जिल्लाका निम्न वर्गका नागरिकहरुलाई दैनिक जिवन गुर्जान कठिन भएमा राष्ट्रिय युवा संघ नेपाल , तनहुलाई तलका निम्न नम्बरमा सम्पर्क गर्न समेत हार्दिक अनुरोध गर्दछौं । यस्तो कठिन घडिमा जिल्लावासीलाई धैर्य धारण गरी घरमै बस्नुहुन आग्रह गर्दै राष्ट्रिय युवा संघ नेपाल तनहुँ सदैव तपाईहरुको सेवा तत्पर रहने छौ भन्ने बाचा गर्दछौ ।

राष्ट्रिय युवा संघ नेपाल, तनहु
संयोजक
ईश्वर बस्याल (९८५६०२२९०१)
सह- संयोजक
भगवान श्रेष्ठ (९८४६१३२१०८)

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button