फेरी बगायो धान खेत

रोपाइँ गरिसकेको खेतको आधा भाग बगर बनेको छ । धान रोपेको खेतमा साँगे खोला धमिलो भएर बगेको छ । वरपर हरियो फर्किसकेको र गोड्ने बेला भएका धान पनि छ। दुई पटक रोपाई गरेको खेतमा खोलाले बगाएको धान खेत देखाउदै छन् व्यास ६ भत्तेरीका जितबहादुर प्रधान ।असारमा आएको बाढीले रोपाई गरेको खेतमा फेरी बाढीले खेत बगाएपछि उनि चिन्तीत छन्। ‘ठूलै मेहनत गरेर खेत रोपिएको थियो’, प्रधानले भने, ‘दुई महिना अगाडीको भीषण वर्षासँगैको बाढीले बगाएर लगेपछि दोहोरो रोपाइँ गरेको थिए, अहिले त आधा खेत नै बगायो ।’

असारको मसान्तमा आएको बाढीले रोपो मात्र बगाएर बताउँदै उनले केही दिन अघि आएको बाढीले सात रोपनी खेत बगाएको उनले जानकारी दिए । प्रधानले यो वर्ष भन्दा पहिला कहिले पनि बाढीले खेत नबगाएको बताए । उनले पहिलाको बाढीले बगाएर बाँकी रहेको रोपो पनि विगत जस्तो राम्ररी फस्टाउन नपाएको बेला फेरी बाढीले आधा खेत नै बगाएको दुखेसो पोखे ।

प्रधान सहित स्थानिय तीन जनाको खेत बगाएको छ । त्यस्तै खोला पारि भने कृष्णा थापा दोहोरो रोपाइँको हैरानी खेप्दै छन्। ‘खेतमा रोपाइँ गरेर गोड्ने बेला ठूलै बाढी आयो। त्यही बाढीले पूरै रोपो बगायो’, उनले भनिन्, ‘बाढीले बगाएका ठाउँमा अहिले पूरै खाली देखिन थालेको छ। नबगाएको र भूइँमा लतारेको मात्रै रहेछ भने रोपो उठ्छ कि भनेर यतिनजेलसम्म पर्खिएर बस्यौं।’ आफूले प्रायः खेतमा रोपे जति सबै जसो रोपो बाढीले बगाएर लगिदिएको उनको गुनासो छ।

प्रधान र थापा मात्रै हैन गएको २३ गते परेको भीषण वर्षासँगैको बाढीका कारण पीडित बनेका कृषकहरुको कसैको खेत बगाएको छ भने कसैले दोहो¥याएर रोपाइँ गर्न बाध्य छन्। कतिपय ठाउँमा बाढीले रोपो बगाएर नामोनिशान राखेको छैन। ठाउँठाउँमा रोपो बगाइदिएको ठाउँमा कृषकले हरियो फर्किएको र अलि बाक्लो रहेको रोपोको गावा च्यातेर रोप्दै खाली ठाउँ भर्ने गरेको छन् । बाढी नियन्त्रण र जोखिम कम गर्न सम्बन्धीत निकायले समयमा नै ध्यान दिन नसक्दा हरेक वर्ष किसानले ठुलो रुपमा क्षती व्योहोरन बाध्य भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button