लक डाउनमा पनि घिरिङ गाउँपालिकामा पक्की पुल निर्माण कार्य अगाडि बढ्यो

दमौली खबर संवाददाता
जेठ १८ दमौली
तनहुँको घिरिङ गाउँपालिका १ र पाल्पाको रामपुर नगरपालिका १ जोड्ने गरी पुट्टारघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढाइएको छ । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं. ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण गरिएको हो ।

पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो । कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् ।
अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यो काममा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताएका छन् ।
दैनिक १६ घण्टा काम गरिएको यहाँ निर्माणमा संलग्न युवालाई दैनिक दुइ कार्यावधि बनाई आठआठ घण्टामा विभाजन गरेर एक कार्यावधिमा आठ सय रुपैयाँ ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिए । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ ।
बन्दाबन्दी लम्बिँदै गएपछि गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनले बताए।
नेपाल सरकारको २५ करोडको लागतमा डेढ वर्षअघिदेखि पुल निर्माण शुरु गरिएको हो । दुइ सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिर्ल्र्डस शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फ तीन वर्षभत्र सक्ने लक्ष्य राखिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button