म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्र्पक विहिन

संक्रिमिति मध्ये लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयको जानकारी खोजी क्रम जारी,

दमौली खबर संवाददाता
जेठ १८ दमौली

म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका ६ जना सम्पर्क्विहीन भएका छन् । जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टाइनमा बसेकाहरुलाई लिएर आएको बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् ।
संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले खोजी थालेको छ । तीमध्ये २ जना पोखराको पुरानो बसपार्कमा ओर्लिएका छन् भने लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको निर्देशनालयले जनाएको छ । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका ३० वर्षीय पुरुषमा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button