पिसिआर मेशिन किन्ने निर्णय निर्णयमै सिमित

रासस

तनहुँ,

तनहुँमा कोभिड–१९ को शङ्कास्पद बिरामीका लागि द्रुत परीक्षण गर्न जिल्लामै पिसिआर मेशिन खरिद गर्ने भनी गरेको दुई महिना बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । गत जेठ २८ गते तनहुँका स्थानीय तहका प्रमुखसहितको बसेको बैठकले जिल्लामै कोरोना परीक्षणका लागि मेशिन खरिद गर्ने निर्णय गरेपछि कार्यान्वयनमा ल्याउन नसकेको हो । स्वाब सङ्कलन गर्दै परीक्षणका लागि पोखरा पठाउनुपर्ने र पालो पर्खिनुपर्ने बाध्यता अन्त्य गर्न दशवटै पालिकाको बैठकले खरिद गर्ने निर्णय गरेको थियो । मेशिन खरिदका लागि रु एक करोड बजेट सबै स्थानीय तहले ब्योहोर्ने गरी निर्णय भएको थियो । सोहीबमोजिम शुक्लागण्डकी नगरपालिकाले रु १४ लाख, व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाले रु १२र१२ लाख, गाउँपालिका म्याग्दे, आँबुखैरेनी, बन्दीपुर, ऋषिङ र घिरिङले रु नौरनौ लाख र देवघाट गाउँपालिकाले रु पाँच लाख बजेट सहयोग गर्ने निर्णय गरेका थिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले पोखरास्थित प्रयोगशालाबाट तत्कालै रिपोर्ट आउन थालेपछि मेशिन खरिद प्रक्रियामा नगएको बताए। हाल जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकोले मेशिनको अभाव महसुस गर्न थालिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button