ख्रिष्टियन समाजद्धारा सिलिण्डर पड्केर घाइते परिवार आर्थिक सहयोग

राम धामी

आँबुखैरेनी, २६ बैंशाख ।

सिलिण्डर ग्यास लिग भएर घाईते भएका २ जना बालकको उपचारको लागि आर्थिक सहयोग आउने क्रम सुरु भएको छ । तनहुँको आँबुखैरेनी–१, सत्रसयमा गत बैशाख २१ गते बिहान सिलिण्डर ग्यास लिग भएर घाईते भएका बिनोद विकका दुई छोरा ११ वर्षीय विवेक बिक र ७ वर्षिय सरगम बिकको आवश्यक थप उपचारका लागि यस क्षेत्रका विभिन्न ख्रिष्टियन समाजले नगद रु.२६ हजार आर्थिक सहयोग गरेका छन् । तनहुँ ख्रिष्टियन जवान सङ्गतीबाट नगद १० हजार, आँबुखैरेनी ख्रिष्टियन समाजबाट नगद १० हजार, सत्रसय अनन्त शालोम मण्डली सत्रसयबाट नगद ५ हजार र आँबुखैरेनी ख्रिष्टियन युवा समाजबाट नगद १ हजार गरी नगद रु. २६ हजार आर्थिक सहयोग गरिएको हो । सो सहयोग रकम आँबुखैरेनी गाउँपालिका वडा नं. १ वडाध्यक्ष किसान थापा मार्फत घाईते बालकद्वोयका हजुर वुवा कृष्ण विकलाई हस्तान्तरण गरिएको आँबुखैरेनी ख्रिष्टियन समाजका अध्यक्ष टेक बरामुले जानकारी दिनुभयो । साथै, आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण ख्रिष्टियन समाजले घाईते भएका दुबै जनाको शिघ्र स्वास्थ्य लाभको प्राथना गरेका छन् । शरिरको केही भाग र हात जलेर घाईते भएका दुबै बालकको काठमाण्डौ स्थित किर्तीपुर अस्पतालको आईसियु कक्षमा उपचार भैरहेको छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button