आँबुखैरेनी वडा नं २ का १८० जना विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण

राम धामी
आँबुखैरेनी, चैत्र २२ गते ।

आँबुखैरेनी गाउँपालिकाले लकडाउनबाट प्रभावित विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण सुरु गरेको छ । कोरोना भाईरस सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित भएका श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुलाई राहत स्वरुप खाद्यन्न वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाकाले शुक्रबार वडा नं। ५ का ७० जना श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण गरेको छ । सोही वडाबाट पहिचान भए अनुसार, १२० जना विपन्न वर्गलाई खाद्यन्न वितरण गर्ने जनाएको छ । यस्तै, आज शनिबार वडा नं। २ का १८० जना विपन्न वर्गका व्याक्तिहरुलाई खाद्यन्न वितरण गरेको छ । प्रत्येक श्रमिक, असहाय विपन्न वर्गका व्याक्तिहरुलाई १५ किलो चामल, २ किलो दाल, १ प्याकेट नुन, १ लिटर खाने तेल, २ वटा साबन, २ किलो मकैं÷चिउराका दरले खाद्यन्न वितरण गरिएको हो । यस्तै, आँबुखैरेनी गाउँपालिकाले एम्बुलेन्स चालकलाई पिपिइ वितरण गरेको र जतिसक्दो चाडो अन्य वडाहरुमा पनि श्रमिक तथा असहाय विपन्न वर्गका व्याक्तिहरुको पहिचान गरी खाद्यन्न वितरण गर्ने जानकारी दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button