कुसुण्डा भाषा जोगाउने जिम्मेवारी सिमान्तको काँधमा

व्यास १० डि गाँउमा १२ वर्षीय सिमान्त कुसुण्डा र उनकी आमा ईन्दमाया कुसुण्डा बसोबास गर्छन् ।उनको घरमा कुसुण्डा भाषा बोल्न जान्ने बुवा आमा मात्रै हुन्।उनलाई आफ्नो भाषाको मायाँ लाग्छ। त्यही भएर उनले भाषा सिक्न थालिन्। उनको बुबा राजामा कुसुण्डा हुन्। आमा भन्दा बुबालाई भाषाको धेरै ज्ञान थियो । तर, उनको बुबाको मुत्यु भएको दुई वर्ष बढी भयो । अब भाषा जोगाउने जिम्मेवारी सिमान्तको काँधमा आईपुगेको छ । ‘हाम्रो भाषा लोप हुन थाल्यो। बचाउने जिम्मेवारी हाम्रो हो’उनले भनिन्–‘बुबाले सिकाउनुहुन्थ्यो। उहाँ नरहेपछि अब हामीमा जिम्मेवारी स¥यो।’ बालिका सिमान्तले अहिले आफनी आमासँग केही भाषामा सिक्दै छिन् । तर आमालाई भने पूर्णरुपमा कुसुण्डाको ज्ञान रहेको छैन ।

नेपालकै लोपोन्मुख रुपको जातिमा मानिने कुसुण्डाको भाषा र संस्कृतिको संरक्षण गर्न स्थानिय तह लाग्न जरुरी देखिन्छ । सिमान्त अहिले आफनो घर नजिक रहेको सतिश ईङलीस बोडिङ स्कुलमा कक्षा ५ मा अध्यनरत छिन् । कुसुन्डा परिवार बचाउ अभियानमा सिमान्तको माध्यमिक तह सम्मको पढाइको खर्च व्यास नगरपालिकाले लिएको छ । तर आफुलाई कुसुण्डा भाषा सिकाउने गुरु कोही नहुदाँ उनि अन्योलमा छिन् । यता नेपाल आदिवासी जनजाती महासंघ तनहुँले व्यहोर्ने महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले नेपालकै लोपोन्मुख जातिको रुपमा मानिने हुनाले संरक्षणमा लागि परेको बताईन् ।

उनले भनिन्,‘ कुसुण्डा परिवारको संरक्षणको लागि हामी लागिपरेका छौं । उनिहरुलाई आवश्यक पर्ने सामग्री पूरा गरिदिएका छौ । ’उनले थपिन्,‘परिवारलाई बेला बेला विभिन्न संघ संस्थाल सहयोग गदै आएको छ । ’ डिहीगाउँमा प्रतिष्ठानले जग्गा किनेर बनाइदिएको घरमा कुसुण्डाको परिवार बस्दै आएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button