नागरिक स्वतन्त्रताको रक्षा काँग्रेसबाट मात्र सम्भब छ: युवा नेता थापा

नेपाली काँग्रेसका युवा नेता चाम थापाले स्वतन्त्रताको रक्षाका लागी नेपाली काँग्रेसमा आबघ्द हुन सबैलाई आग्रह गर्नु भएको छ।

तनहुँमा आयोजित भेलालाई सम्बोधन गर्दै युवा नेता चाम थापाले प्रजातन्त्रमा मात्र नागरिक अधिकारको रक्षा हुने भन्दै प्रजातन्त्रको रक्षा काँग्रेसबाट मात्र सम्भव रहेको धारणा राख्नु भयो।

वर्तमान कम्यूनिष्ट सरकार जनताको समस्या समाधान गर्ने तर्फ भन्दा पनि महामारीको समयमा पनि भष्ट्राचारमा लिप्त भएको आरोप लगाउदै नेता थापाले आम नागरिकको मुहारमा खुशी ल्याउन अब युवाहरु अग्रभागमा जुट्नु पर्ने बताउनु भयो।

महत्वपूर्ण राजनीतिक परिवर्तनमा निर्णायक नेतृत्व प्रदान गरेको नेपाली काँग्रेसलाई अझ सशक्त, ऐक्यबद्ध, सुदृढ, विचारशील, कर्मशील, उद्यमशील र सक्रिय वनाउनु आजको मुख्य आवश्यकता र चुनौती रहेको उहाँले बताउनु भयो।

सशस्त्र हिंसा गरिरहेको शक्तिलाई हतियार परित्याग गर्न सहमत गराई शान्तिपूर्ण मार्गमा सामेल गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शमा सहभागी गराउने काम नेपाली काँग्रेसले गरेको भन्दै युवा नेता थापाले नेपाली काँग्रेस आम नागरिकलाई नै राज्यको मालिक हो भन्ने मान्यता राख्दछ भन्नु भयो। Source: Mountain Khabar

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button