भादगाउँमा दोहोरो नाला निर्माण

दमौली खबर सम्बाददाता
असार ११, दमौली । तनहुँको व्यासनगरपालिका–१ भादगाउँ स्थित मिलन टोलमा सडकको दुबै साइडमा दोहारोे नाला निर्माण गरिएको छ । व्यासनगरपालिकाको रु. ९लाख ५० हजार र उपभोक्ता समितिको रु.४ लाख सात हजार गरी कुल रु.१३्र लाख ५७ हजारको लागतमा उक्त नाला निर्माण गरिएको हो ।
सडकको दुबै साइडमा २ सय ७६ मिटर लम्बाई र एक मीटर २० सेन्टिमिटर चौडाईको नाला निर्माण गरिएको मिलन टोल नाला निर्माण समितिका अध्यक्ष सुर्य बहादुर थापाले जानकारी दिए । सडकको दुबै साइडमा नाला निर्माण गरिएपछि दुई फिट सडक फराकिलो बनेको उनले बताए ।

सडक साँघुरो हुँदा बिद्यालय तथा कलेजका बिद्यार्थी छुट्ने समयमा भीडभाडका साथै सवारी आवत जावतमा समेत समस्या भएको
थियो । उनले भने ‘नाला निर्माण सम्पन्न गरेपछि नाला माथि राखिएको स्लेबबाट मानिसलाई आवत जावतको व्यवस्था गर्दा सडकमा सवारी साधान मात्रै गुड्ने हुँदा सहज हुने बिश्वास गरिएको छ ।’ बिद्यालय छुट्ने समयमा दुर्घटनाको बढि सम्भावना देखिएका कारण पनि नाला निर्माण गरी सडक फराकिलो बनाउने कार्यका लागि स्थानीयबासीले सक्रियता देखाएको उनले बताए ।

नाला निर्माण कार्य असार २० गते भित्र सम्पन्न गर्ने योजना रहेपनि बन्दाबन्दी र बर्षातका कारण केहि समय ढिलाई हुन गएको निर्माण समितिले जनाएको छ । उक्त टोलमा करिब ९० घरधुरी रहेका छन् । साउनको पहिलो हप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी योजनाका निर्माण कार्य भैरहेको निर्माण समितिका सचिव बाबुराम जम्मरकट्टेलले जानकारी दिए । नाला निर्माण सम्पन्न पश्चात यस क्षेत्रको मुहार फेरिने बिश्वास गरिएको उनले बताए । शुरुमा व्यासनगरपालिका १ नं वडा कार्यालयबाट नाला निर्माणको लागि रु.दुई लाख ५० हजार बिनियोजन गरेपनि उक्त रकमले निर्माण सम्पन्न गर्न नसक्ने देखिएपछि पुन व्यासनगरपालिकाको बजेटले निर्माण कार्य थालिएको उनले बताए । असार मसान्त नजिकै गर्दा व्यासनगरपालिका भित्रका अन्य योजनाहरुको काम पनि सम्पन्न गर्नको लागि चटारो हुने गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button