समाधान हस्पिटल दोस्रो बर्षमा प्रवेश

दमौलीको निजि स्तरबाट संचालित समाधान हस्पिटल दोस्रो बर्षमा प्रबेश गरेको छ । करिब एक बर्ष अघिबाट दमौलीमा संचालनमा आएको सो हस्पिटलले निकै छिटो समयमा स्थानीयको बिश्वास जित्न सफल भएको छ । सो हस्पिटलले बिभिन्न समयमा घरदैलौ कार्यक्रम गर्दै स्थानीयलाई स्वास्थ्य सम्बन्धी जनचेतना समेत दिदै आएको छ ।

हस्पिटलमा एक कायक्रम गर्दै दोस्रो बर्षमा प्रवेश गरेको खुसियाली मनाईएको थियो । सो अबसरमा हस्पिटलले आफ्नो सेवामा सेवाग्राहीलाई १५ प्रतिशत छुट दिएको हस्पिटलको अध्यक्ष्य रुविना खान्ले दमौली खबरलाई बताइन् । उनले भनिन् “हामीले हस्पिटल दोस्रो बर्षमा प्रवेश गरेको खुसियालीमा हरेक चेकजाचमा १५ प्रतिशत छुट दिएका हौं, हामीले अझै सेवाग्राहीलाई लक्ष्ति गरेर बिभिन्न स्वास्थ्य सम्बन्धी प्याकेज छिटै लिए आउदै छौं र सोही अबसरमा हस्पिटलले आफ्नो कर्मचारीलाई सम्मान समेत गरेको छ । हस्पिटलमा कार्यरत रस्मी गुरुङले वर्षाकै उत्कृष्ट कर्मचारी अवार्ड समेत प्राप्त गरेको अध्यक्ष्य खान्ले बताईन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button