जोशी विरुद्धको कारवाही फिर्ता गर्न माग , दुई हजार कार्यकर्ताको हस्ताक्षर सङ्कलन

नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी विरुद्धको कारवाही फिर्ता माग गर्दै गृहजिल्ला तनहुँका कार्यकर्ताले हस्ताक्षर सङ्कलन गरेर नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा पठाइएको छ । पार्टीको केन्द्रीय अनुशासन समितिले पाँच वर्षका लागि जोशीलाई निष्काशन गर्ने निर्णय गरेपछि उनी निकट कार्यकर्ताले उक्त निर्णय फिर्ताको माग गर्दै हस्ताक्षर सङ्कलन गरेका हुन् ।

पार्टीलाई अतुलनीय योगदान पु¥याएको व्यक्तिलाई नै कारवाही गरिँदा पार्टी सङ्गठन कमजोर हुने भएकाले कार्यकर्ताबाट सङ्कलन गरिएको हस्ताक्षर पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइने जोशी निकट नेता डिल्लीराम अधिकारीले बताएका छन् । दमौलीको बि.पि विचार समाजको कार्यलयमा भएको एक कार्यक्रममा बोल्दै नेता अधिकारीले जोशीको कारवाही फिर्ता गर्न जोडदार माग गरेका छन् ।

उनले भने “कोभिड–१९ को प्रभावका कारण गाउँ–गाउँमा पुगेर हस्ताक्षर सङ्कलन गर्न अप्ठ्यारो भएकाले जिल्लाका दुई हजार सक्रिय कार्यकर्ताको हस्ताक्षर पार्टी सभापतिलाई पठाइएको छ ” ।

“आवश्यक परेको खण्डमा बाँकी सक्रिय सदस्यहरुको हस्ताक्षर पछि गर्नेछौ, केन्द्रीय समितिले निर्णय फिर्ता नलिएमा नेपाली काङ्ग्रेसको साधारण सदस्यता समेत नरहने गरी सबै सकृय सदस्यले राजिनामा दिन्छौ,” उनले भने ।

बि.पि विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले जोशीमाथिको कारवाही पूर्वाग्रही रहेकाले उक्त निर्णयले सम्पूर्ण कार्यकर्तालाई चोट परेको सो कार्यक्रममा बताएका छन् । यस्तै कांग्रेस महाअधिवेसन प्रतिनिधि तथा नेपाल महिला संघको केन्द्रीय सदस्य चिनु पोख्रेल नेता जोशीको कारवाही यथाश्रिध फिर्ता गरेर ससम्मन पार्टीमा बोलाउनु पर्ने बताएकी छिन् । उनले भनिन् “तनहुँ जिल्लाको अभिभावक नेता जोशीको कारबमही फिर्ता नभएमा हामी जिल्लाभर जोशी निकट कार्यकर्ता तथा नेताले सामुहिक राजिनामा दिने छौं । ”

काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई सम्बोधन गरी हस्ताक्षरसँगै पठाइएको विज्ञप्तीमा विसं २०१९ सालदेखि काङ्ग्रेसमा आबद्ध भई पार्टीमा लामो योगदान पु¥याएका नेतालाई कारवाही गरिनु दुःखद रहेको उल्लेख गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button