पर्यटकीय क्षेत्रको प्रवद्र्धन गदै व्यास नगरपालिका

सविन लामिछाने
चैत २ , दमौली ।

तनहँुको व्यास नगरपालिका(११ स्थित तनहुँसुर पर्यटकीय क्षेत्रको रुपमा महत्वपूर्ण योगदान रहेको छ । धेरै प्रचुर पर्यटकीय सम्भावना बोकेको तनहुँसुरले पर्यटक पर्खिरहेको छ । प्रचारप्रसारको अभावमा ओझेलमा परेको उक्त ठाउँको पर्याप्त प्रचार गर्न सकिए तनहुँसुर पर्यटकीय गन्तव्यको रुपमा विकास हुनेमा स्थानीयवासी आशावादी छन् ।
यसैकुरालाई मध्येनजर गदै व्यास नगरपालिकाले पर्यटकीय गन्तव्य सम्बन्धी परिचयात्मक भ्रमण कार्यक्रम भ्रमण पनि सम्पन्न गरेको छ । हाम्रो गन्तव्यहरुको प्रवद्र्धन हामी बाटै भन्ने मुलनाराका साथ व्यास नगरपालिकाले भ्रमण गरेको नगरपालिकाले जनाएको छ । पर्यटकीय र धार्मिक महत्व बोकेमा पालिका भित्र रहेका वस्तुस्थिती बुझ्न र विगतमा भएका गतिविधि अवलोकन गरी जनस्तर बाटै प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

१ रात २ दिनको भ्रमण तालिका रहेको सो भ्रमणमा पर्यटन विज्ञ, जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मी समेतको टोलीले स्थलगत भ्रमण गरी विभिन्न ठाँउका स्थानीयसँग अन्तरक्रिया गरी आवश्यक सल्लाह र परामर्श दिई उनीहरुको सुझाव संकलन समेत गरेको थियो । व्यास नगरपालिकाको कार्यालय बाट सुरु भएको उक्त भ्रमण व्यास १३ कुलुङ होमस्टेमा गएर टुङगिएको थियो । टोलीले भ्रमण गर्दा पर्ने पर्यटकीय सम्भावना बोकेका गाँउ, धार्मिक स्थल, ऐतिहासिक क्षेत्र, सांस्कृतिक कार्यक्रम तथा प्राकृतिक दृश्यावलोकन गरेको थियो । भ्रमणको बारेमा जानकारी गराउदै नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिकाले पर्यटन, कृषि र शिक्षालाई विशेष प्रथामिकता दिएको बताए । उनले नगर भित्र रहेको पर्यटकीय तथा धार्मिक गन्तव्यहरु जनस्तरकै सक्रियतामा प्रवद्र्धन गर्नुपर्ने बताए ।

धार्मिक एवंम् पर्यटकीय स्थल तनहँुसुर

तनहुँ जिल्लाको नाम तनहुँसुरवाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ति छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्नो जेठो छोरो भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका ८ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ । तनहुँसुरको सेनवंशी राजाको दरबार भग्न अवस्थामा छ । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाँट, चुँदीफाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । पर्यटकीय सम्भावना बोकेको यस ठाउँको विकासका लागि व्यास नगरपालिकाले पहल थालेको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिए ।
तनहुँसुरमा सेनवंशी राजाको शासनकालमा सेनाले प्रयोग गरेको तोपको अवशेष, सेनवंशी राजाको समयको इनार, टुँडीखेल, कालिका मन्दिर, दरबार क्षेत्र आकर्षणका रुपमा रहेका छन् । साथै, तनहुँसुर दरबार, चण्डीथान, गद्दीचौतारा, साउने कुवा, राजाको पंधेरो, कुँडापानी, रानीपोखरी, धर्मशाला, भगवतीपानी मन्दिर पनि तनहुँसुरको आकर्षणको रुपमा रहेको छ ।

धार्मिक स्थल क्यामिन कालिका

व्यास ८ र ९ को कोटथोक पर्ने क्यामिन कालिका मन्दिर प्रसिद्ध धार्मिक स्थल हो । कालिका मन्दिर साविक क्यामिन गाविसमा पर्दछ । यस मन्दिरमा साविका १ देखी ८सम्म वडाको पुजा हुन्छ । पुस र साउन महिना बाहेक प्रत्येक महिनाको अष्टमीको दिन पुजा गरिने यस मन्दिरमा बडा दशैं र चैते दशैंमा विशेष पुजा गरिदै आईरहेको छ। मन्दिरमा पाठी, राँगो, हाँस, परेवा र भेडा गरी पञ्चबली दिने प्रचलन रहेको छ । यहाँ पञ्चवली दिदा इच्छाएको पुग्ने जनविश्वास रही आएको छ । मन्दिरमा ३÷४ सय वर्ष पुराना घण्टाहरु समेत अवलोकन गर्न
पाइन्छ । साथै मन्दिर परिसरमा २४ सय राज्यको पालोमा सुरक्षाको लागी बनाएको गढी समेत छ । क्यामिन कालिका मन्दिरलाई गोर्खा कालिकाको बहिनी समेत भनिने स्थानीय बताउछन् ।

जौबारी सामुदायिक होमस्टे

व्यास ९ मा पर्ने गुरुङ समुदायको बाहुल्यता बाट संचालित उक्त होमस्टे सञ्चालनमा महिलाको सत्रियता बढी रहेको छ ।
गाँउमा प्रवेश गर्दैमा हातमा फुलका गुच्छा लिएर, लाईनबद्ध भएर मौलिक भेषभूषामा सजिएका पुरुष अनि महिलाले गर्ने स्वागत मनै लोभ्याउने खालको छ ।
प्राकृतिक दृश्यावलोकन, हरियाली वनजंगलको अवलोकन आकर्षण हुन् । गुरुङ समुदायको संस्कृतिमा आधारित घाटु, सोरठी ,चुट्का ,पाङदुरे नाच जस्ता मौलिक लोक प्रस्तुतीमा रम्न चाहनेका लागी जौबारी होमस्टे पर्यटकीय गन्तव्य बन्दै गएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गुरुङ बताउछन् ।
साँधेको गुन्द्रुक भटमास,गाउँमै उत्पादन गरेको लोकल कुखुरा, खसीको माँसु साथै अन्य उत्पादन होमस्टेको विशेषता हो । उक्त होमस्टेमा आउने पाहुनाहरुको स्वागत सत्कारका साथै साँस्कृतिक कार्यक्रम प्रदर्शनमा स्थानीय युवा क्लव, चण्डीस्थान आमा समुहले सहयोग गर्ने गरेको छ ।
गण्डकी प्रदेश सरकारले १ सय ९० सामुदायिक होमस्टेलाई १०÷१० लाख रुपैयाँ रकम दिने निर्णय अनुसार अनुदान पाएको जौबारीका स्थानीयहरु अहिले होमस्टे सञ्चालनमा निकै उत्साहित भएका छन् । बसाइसराइका कारण गाँउ नै रित्तिएला भन्ने डर थियो होमस्टेले गाँउमा चहलपहल बढेको छ होमस्टे व्यवस्थापन समितिकी सचिव अञ्जली गुरुङले भनिन् । जौबारीका १० वटा घरमा होमस्टे सञ्चालन गरिएको अध्यक्ष गुरुङले बताए । जौबारीका स्थानीय अहिले होमस्टेको आवश्यक पूर्वाधार निर्माणमा ब्यस्त छन् ।

धार्मिक क्षेत्र राजापानी महादेवथान

व्यास नगरपालिकाको वडा नम्बर ९ मा अवस्थित धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र यस मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा विशेष धार्मिक मेला लाग्ने गर्दछ । यस मन्दिरमा भाकल (कामना) गर्दा आफ्ना मनोकांक्षा पुरा हुने विश्वासका साथ एकादशीको दिनमा मन्दिरमा हजारौंको संख्यामा भक्तजनहरुमा भेला हुने गर्दछन् । दुःखकष्टबाट मुक्ति, लाभको कुनै कामना, मनको इच्छा पूरा गरिदेउ, पूरा भएमा फूलको डोली लिएर दर्शन गर्न आउँछु जस्ता विभिन्न भाकलहरु गर्ने गरिन्छ । उक्त मन्दिरमा जिल्लाको विभिन्न ठाँउबाट फूलको डोली ल्याउने गरेको मन्दि संरक्षण समितिका अध्यक्ष सुर्य बहादुर थापाले जानकारी दिए । वडा अध्यक्ष सुरेश थापाले जिल्लाकै प्रसिद्ध धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र भएपजिन प्रचार प्रसारको अभाव र धार्मिक पर्यटन लागि भौतिक पूर्वधार विकास गर्न नसक्दा ओझेलमा परेको बताए । कुनै समय गोपाल घर्ती भन्ने व्यक्तिले राति सपनामा हालको मन्दिर भएको ठाँउमा शिलाबाट दुध आएको देखी भोलिपल्ट गएर उक्त शिला देउराली भन्ने ठाँउमा लादै गर्दा उनी बिरामी भइ सो शिला त्यही ठाँउमा छाडेर गएका पछि हेर्दा शिला पुन पहिलेकै उठाएको ठाँउमा नै भेटिएको भन्ने किम्बदन्ती पाइन्छ ।

कुलुङ सामुदायिक होमस्टे

तनहुँको व्यास १३ मा रहेको प्रसिद्ध छाब्दीबाराही मन्दिरबाट करिब ६ किलोमिटरको दूरीमा पूर्वतर्फ कुलुङ सामुदायिक होमस्टे रहेको छ पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दीपुरबाट करिब १२ किलोमिटर दूरीमा कुलुङ रहेको छ । तनहुँको सदरमुकाम दमौलीबाट १८ किलोमिटर तथा पृथ्वी राजमार्गको छिर्कनबाट ७ किलोमिटर दक्षिणमा कुलुङ होमस्टे पुग्न सकिन्छ । होमस्टे सञ्चालन गरेपछि मगर जातिको मौलिक नाँच कौराहा, झाउरे, कृष्णचरित्र र नेवार समुदायको लाखे नाच पाहुनालाई देखाउँदा लोपन्मुख नाचको संरक्षण भएको होमस्टे सञ्चालक नानीमाया आलेले बताइन् । पाहुनालाई देखाउन पनि पुराना नाच संरक्षणतर्फ लागेका छौं। होमस्टे सञ्चालनपछि व्यक्तिको आनीबानीमा परिर्वतनदेखि संस्कृति संरक्षणसम्म सहयोग भएको छ ।
सरसफाइयुक्त यस गाउँमा आउने पर्यटकले पारिवारिक व्यवहार, सद्भाव, सहिष्णुता एवं एकताले पर्यटकको मन जित्ने वातावरण सिर्जना गरिरहेका छन। अर्गा्निक खानाका परिकार, मगर र नेवार समुदायको सांस्कृतिक नाच, प्राकृतिक दृश्यालोकन, प्रसिद्ध धार्मिकस्थल छाब्दीबराही मन्दिरको दर्शन गर्न पनि कुलुङ होमस्टेका विशेषता हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button