छानो र मानो दुबै गुम्यो

दमौली खबर संवाददाता
भनिन्छ ऋृण लागोस् तर दिन नलागोस् । तर दमौलीका सन्त बहादुर खड्का नेपालीलाई दिन नै लाग्यो । सानो परिवार, हासी खुशी नै थियो । उनलेले ई–रेक्सा चलाएर आफनो चार जना परिवारको जिविकोपार्जन गरिरहेका थिए । खड्काले व्यास ४ सिद्ध चोकमा घर बनाई विगत दश वर्ष देखि बस्दै आई जसो तसो घरपरिवारिक व्यवहार चलाइरहेका थिए । यसैबीच विश्वब्यापी रुपमा कोरोना भाईरस फैलियो । नेपालमा पनि कोरोना संक्रमण देखा पर्ने बित्तिकै चैत ११ गते नेपाल सरकारले लकडाउनको घोषणा गरिदियो ।

जसोतसो घर धानेका खड्काको रोजीरोटी लकडाउनले पूर्ण रुपमा खोसिदियो । दिनभर ट्याम्पो चलाएर बिहान बेलुकाको हात मुख जोड्ने खड्का परिवारलाई समस्या पर्न थाल्यो । लकडाउनमा नत उनले टयाम्पो चलाउन पाए नत केही काम गर्न । लकडाउनले जागिर खोसे पछि उनि परिवार सँग गाँउ जाने निदो गरे तर खड्काका छोराले गाँउ जान नमाने पछि, उनी बजारमै बस्न बाध्ये भए । ५ वर्षको छोरा भएकाले एक्लै छोडेर गाँउ जाने सुर गरेन् ।

लकडाउनले उता जागिर खोस्यो घरको आय स्रोत केही नभए पछि उनले ज्याला मजदुरी गर्न थाले । लकडाउन भए पनि यहाँको स्थानीय तहले विकास निर्माणको काम लाई तिव्रता दिएको थियो । असार २७ गते जब छोराले गाँउ जान जिद्धि गरे तब खड्का परिवार सँग आईतबार बिहान गाँउ गए । गाँउ गएको भोलि पल्ट विहान ७ बजे उनको दमौलीको घर पहिरोले पुरिदिएको खबर पाए । परिवार सँग उनि सोमबार नै दमौली आए । लकडाउनले त जागिर खोसि दिएको थियो पहिरोले त जन घरबार नै खेसि दियो । अहिले उनी सँग न त घर छ न त खानपिन गर्नको लागि केही ।

आईतबार राति देखि परेको अविर वर्षाको कारणले घर माथि बाट खसेको पहिरोको कारणले घर पुरिदियो हो । खड्काले भने, “त्यो दिन गाँउ नगएको भए परिवारको हालत के हुन्थो, भाग्यले बचायो हामीलाई । ”पहिरोले घर पुरि दिएपछि सोमबार देखि मालेबगरको चर्चमा बस्दै आएको खड्काकी श्रीमती रत्नमाया खड्काले बताईन् । पहिरोले पुरिदिएको घर हेदै आँखा भरिका आँसु पुस्दै अब कहाँ बस्नी भन्दै चिन्ता गरिन् रत्नमायाले । उनले भनिन् “वडाले राहत त दिन्छु भनेर आसवासन दिएको छ, तर अहिले सम्म केही पनि पाएको छैन । ” “अहिले चर्चमा बसेका छौ तेहीका व्यक्तिहरुले खाना र बस्न दिनु भएको छ । ” नगरपालिकाले भने पूर्ण रुपमा भत्किएको घरलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय गरेको छ । तत्कालको लागि भने खड्काको परिवारले केही पनि पाएका छैन् । पहिरोको कारणले व्यास ४ मा मात्रै दजानौ घर जोखिममा रहेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button