तनहुँका प्रमुख जिल्ला अधिकारीको सरुवा

दमौली खबर सम्बाददाता
चैत २ , दमौली । तनहँुका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको सरुवा भएको छ । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ)को सरूवा गरेको मध्येमा उनि पनि परेका हुन् । आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार २६ वटा जिल्लाका प्रमुखको सरूवा भएको हो। प्रजिअ पण्डित प्रदेश नं २ को बारा जिल्लामा सरुवा भएको छ । उनको ठाँउमा गृह मन्त्रालयमा कार्यरत रहेका सह–सचिव बद्रिनाथ अधिकारी आउने भएका छन् । तनहँुमा नौ महिना सम्म बसेका प्रजिअ पण्डितलाई आईतबार निजामती कर्मचारीहरुले बिदाई गरेका हुन् । उनले आफनो फेसबुक मार्फत तनहुँको बसाई निकै छोटो र स्मरणीय रहेको बताएका छन् । उनले जुनसुकै ठाउमा रहे तापनि तनहुँबासिको हितको लागि कार्य समेत
बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button