क्षेत्रीय होटल सँघको आयोजनामा खाना महोत्सव हुने

फागुन ७,दमौली

दमौली खबर संवाददाता

क्षेत्रीय होटल सँघ तनहुँले चैते दसैंको अबसरमा दमौलीमा बिबिध कार्यक्रमका साथ खाना महोत्सव आयोजना गर्ने भएको छ । सँघका अध्यक्ष राम जोशिको अध्यक्षतामा बसेको समितिको बैठकले चैत १९ गते देखि २४ गते सम्म ४ दिने महोत्सव गर्ने भएको हो । व्यास ३ स्थित खुल्ला मैदानमा महोत्सव गर्ने भएकोे हो । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउने र तनहुँलाई विभिन्न क्षेत्रबाट चिनाउने उद्देश्य सँगै विभिन्न स्थानीय खानाको परिकारहरू महोत्सवमा राखिने भएको छ ।

महोत्सवमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरूले मनोरञ्जन दिनुका साथै दोहोरी गित र कन्सर्ट आयोजना गरिने क्षेत्रीय होटल सँघका बरिस्ठ उपाध्यक्ष बिकास खनालले बताए । भ्रमण बर्ष २०२० लाई सफल पार्ने उद्देश्यले कार्यक्रम गरिने भएको उनले बताए । त्यस्तै महोत्सवमा ३० वर्ष माथिका श्रीमानले श्रीमती बोकेर दौडने प्रतियोगिता , मम खाने प्रतियोगिता , आइशकृम खाने प्रतियोगिता महोत्सवमा राखिने सँघका महासचिव चन्द्र कुमार कायस्थले बताए । महोत्सव तयारीका लागि अध्यक्ष राम जोशिको सँयोजकत्वमा मुल समारोह समिती गठन गरिएको छ । जसको निर्देशकमा राजकुमार श्रेष्ठ , प्रबक्तामा बिकास खनाल र सचिवालय सँयोजकमा चन्द्रकुमार कायस्थ रहेको निर्देशक राजकुमार श्रेष्ठले बताए । सँघले यसअघि पनि २०७१ सालमा यश किसिमको कार्यक्रम आयोजना गरेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button