दमौली खानेपानी सुचारु गर्ने तयारीमा

जिल्लाकै ठुलो खानेपानी आयोजनाको पाइप पहिरोले बगाएपछि अबरुद्ध बनेको खानेपानी बाइस दिन पछि सुचारु गर्ने अन्तिम तयारी भएको छ ।पहिरोले करिब २४ मिटर दश इन्चको डिआई पाइप बगाएको स्थानमा गारो लगाएर शनिबार ढलान गरेपश्चात आइतबार पाइप जडान गर्ने कार्य भएकोले पानी बितरणको कार्य अन्तिम चरणमा पुगेको हो ।

असार २८ गते राती परेको अबिरल बर्षापछि गएको पहिरोले पाइप बगाउँदा खानेपानी बितरण गर्दै आएको व्यासनगरपालिका २,३ र ४ का बासिन्दाले सास्ती भोग्नुपरेको छ ।

प्राविधिकले ढलान गरेको ७२ घण्टापछि मात्रै पानी सुचारु गर्न भनेपछि सोही अनुरुप पानी बितरण गर्ने योजना रहेको दमौली खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ ।

उक्त खानेपानीबाट तीन हजार पाँच सय घरधुरी र भाडामा रहेका समेत गरी करिब तीस हजार मानिसहरु प्रभावित भएका छन् ।

व्यासनगरपालिका–४ बैरेनीमार्गमा माथिबाट आएको पहिरोले पानीको पाइप बगाई दिएपछि पानी बितरणमा समस्या आएको संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए ।

हप्ता÷दश दिनमा सम्पन्न गरेर पानी सुचारु गर्ने लक्ष्य राखेर काम थालिएपनि बीच बीचमा बर्षा परिरहेकोले निर्माण कार्यमा कठिनाई भएको उनले बताए ।

बिहान बेलुका गरी दैनिक ३० लाख लिटर पानी बितरण गर्दै आएको उक्त संस्थाले हाल पुरानो पानीको एक लाइनबाट पम्प संञ्चालन गरी करिब तीस प्रतिशत पानी बितरण गरिदै आएको छ ।

खानेपानीको पाइप बगाएपछि एक लाइनबाट बितरण गरिएको पानीले खाना पुगेपनि अन्य कामकाजको लागि समस्या भएको संस्थाका सचिव माधब प्रसाद अधिकारीले बताए ।

पहिरोले खानेपानी आयोजनामा धेरै क्षति पुगेकोले करिब रु.१५ लाख खर्च लाग्ने अनुमान गरिएको गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button