प्रजिअ आर्चायलाई उद्योग वाणिज्य संघको स्वागत

दमौली खबर संवाददाता

तनहँु उद्योग वाणिज्य संघले भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सागर आर्चायलाई स्वागत गरेको छ । संघले सोमबार आफनै सभाकक्षमा एक कार्यक्रम बीच स्वागत गरेको हो । स्वागत कार्यक्रममा बोल्दै तनहँु उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले प्रजिअ आर्चायले जिल्लामा शान्ति, सुरक्षाको व्यवस्था कायम गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । कानून सम्वत् न्यायोचित तवरबाट कुनै पनि दलको प्रभावमा नपरी प्रजिअ आर्चायले उद्योगी, व्यवसायी मैत्री व्यवहारको उनले अपेक्षा गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले लकडाउनको कारण उद्योग व्यवसाय बन्द हुदाँ मजुदरहरुलाई परेको असर भन्दै राज्यलाई आर्थिक स्रोतमा प्रत्यक्ष असर पर्ने हुनाले श्रमिकको अभ्यासलाई यथार्थ न्यायोचित गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रजिअ आचार्यले प्रशासन र व्यवसायबीच जिल्लाको शान्ति सुरक्षा र अमन चयनको लागि सहकार्य जरूरी रहेको बताए । उनले आगामी दिनमा नीति, नियम र कानूनको परिधिमा रहेर कार्यक्रमहरू स्वच्छ वातावरणमा सञ्चालन गरी व्यापार व्यवसाय शान्त वातावरणमा गर्ने व्यवस्था सृजना गर्ने उनले बताए । साथै उनले सि.सि.टि.भि.क्यामेराको विस्तार मर्मत एवं प्रभावकारी बनाई सही सदुपयोग गराउन लागि पर्ने बताए । उनले तनहुँ जिल्ला राजश्व दाखिला गर्ने क्रमानुसार राज्यकै उत्कृष्ट १० अग्रपंक्ति भित्र रहेकोले उद्योग व्यवसाय तथा अन्य आर्थिक स्रोत प्रति सद्भाव बढ्दै गएको समेत विचार व्यक्त गरे । स्वागत कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाई समितिका सभापति राजकुमार श्रेष्ठ (राकु), संघका पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले समेत आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव ईमकुमार मल्लले गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button