२१ लाखको घन्टा घर !

दमौली खबर संवाददाता
जेठ ३१ दमौली
पछिल्लो समय सामाजिक संजालमा २१ लाखमा निर्माण भएको घन्टा घरको तस्बिर देखिन थालिएको छ । सामाजिक संजालमा देखिन थालिएको उक्त घन्टा घर तनहँुको व्यास नगरपालिका वडा नं २ स्थित सुनचाँदी लाईनमा रहेको चोकमा निर्माण गरिएको हो ।

उक्त घन्टाघर लक्ष्मि टोल विकास संस्थाको ७४÷७५ निर्माण योजना हो । लक्ष्मीको मूर्तीसहितको घन्टा घरको अनावरण शनिबार एक कार्यक्रमको बीच गरियो । सो घन्टाघर निर्माणमा २१ लाख खर्च २६ हजार अपत्यारिलो भएको भन्दै स्थानीय युवा भुवन गोशेलिले कार्यक्रममा प्लेयकार्ड सहित बिरोध जनाएका थिए ।

त्यस पछि उक्त निर्माणको खर्च विवरणको बारेमा विस्तुत रुपमा बुझन वडा अध्यक्षलाई सम्र्पक गरियो । वडा अध्यक्ष काशीराम श्रेष्ठ सँग उक्त योजनाको हिसाब माग्दा टोल बाट आएको योजना हुनाले टोल समितिलाई सम्र्पक गर्न सुझाव दिए ।

त्यसपछि हामीले टोल अध्यक्ष डिल्लीराम सुनारलाई सोध्दा दुई वटा योजना गरेर २१ लाख २६ हजार १२ रुपैयामा सम्पन्न भएको उनले बताए । जस अनुसार लक्ष्मीको मूर्ति सहितको घण्टाघर निर्माणमा १८ लाख २६ हजार १२ रुपैया र गणेशमान चोक प्रवेश गर्ने सडक निर्माण तर्फ तीन लाख खर्च भएको छ । उनले थप विस्तुत रुपमा बुझन् निर्माण समितिका सचिव विनोदकुमार वि.कलाई सम्र्पक गर्न सुझाव दिए । त्यसपछि हामीले निर्माण समितिका सचिव वि.कलाई प्रत्यक्ष भेटि उक्त कुराको गरेयौं । उनले निर्माणमा भएको खर्च विवरण हामीलाई देखाए । उनले देखाएको विवरण अनुसार सडक निर्माणको लागि नगरपालिका बाट एक लाख ८६ हजार ६ सय ४४ रुपैया आएको बजेटमा तीन लाख खर्च भएको छ । लक्ष्मीको मूर्ति सहितको घण्टाघर निर्माणमा ७ लाख ६७ हजार ९५ रुपैया खर्च भएको बताईएको छ ।

त्यस्तै मुर्ति खरिदमा पाँच लाख ६९ हजार पाँच सय ७२ रुपैया खर्च भएको छ । ग्लोब खरिद र जडानमा पाँच लाख ५४ हजार खर्च भएको छ । पारिश्रमिक खर्च दुई लाख ५७ हजार ८ सय रुपैया खर्च भएको छ । त्यस्तै अन्य खर्च गरि जम्म २१ लाख २६ हजार १२ रुपेया खर्च भएको उनले बताए । त्यस्तै अझै पाँच लाख ५९ हजार ८ सय ८८ रुपैया तिर्न बाँकी रहेको उनले बताए । उक्त निर्माणमा भएको खर्च अपत्यारिलो रहेको भन्दै पारदर्शी ढङग् बाट खर्च सार्वजनिक गर्न स्थानियले माग गरेका छन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button