तनहुँ कोरोना संक्रमितको संख्या ४ पुग्यो

दमौली खबर संवादाता
जेठ ३२ दमौली

तनहँुको घिरिङ गाँउपालिकामा नयाँ संक्रमित थपिएसँगै तनहँुमा कोरोना भाइरस संक्रमितको संख्या चार पुगेको छ । शुक्रबार मध्याह्न प्रेस विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले तनहँुमा एक जना संक्रमित थपिएको जानकारी दिए गाँउपालिकाको वडा नं ४ स्थित चन्द्रज्योति माविको क्वारेन्टिनमा बसेका १९ वर्षीय पुरुषमा कोरोना पृष्टी भएको हो । संक्रमित व्यक्ति जेठ १५ गते भारतबाट आएका थिए । उनलाई जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ ।

पछिल्लो तथ्यांक अनुसार शुक्रबारमात्रै प्रदेशमा कोरोना पुष्टि भएकाको संख्या थप ३७ भएको छ। यीसहित गण्डकीमा कोरोना संक्रमित १ सय ८८ जना पुगेका छन् । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये स्याङ्जाका २२, पर्वतका १३, तनहुँ र नवलपुरका १÷१ जना हुन् । अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button