कर्मचारीमा देखियो कोरोना

भदौ १६,
दमौली खबर सम्बाददाता,

दमौली,जिल्लाको भानु नगरपालिकाका एक जनामा कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भानु नगरपालिका–५ का ४४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनि शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडास्थित ग्रामिण विकास लघुवित्त संस्था लि.मा कार्यरत कर्मचारी हुन् । वनकेवाचोकमा रहेको लघुवित्तको कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालय शिल गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङगरी पीसीआर परिक्षणको नतिजा नआएसम्म सिल हुने स्वास्थ्य शाखाले जनाएको छ ।

दमौलीबाट आउजाउ गर्दै आएका उनको दमौलीबाटै भदौ १२ गते स्वाब संकलन गरिएको थियो । उनको ठेगाना भानु नगरपालिका वडा नं. ५ उल्लेख गरिएको छ । ती पुरुष भदौ ११ गते कार्यालय आएको खुलेको छ । नगरमा निषेधाज्ञा भएकाले सेवाग्राहीसँग कुनै सम्पर्क नभएको श्रीवास्तवले उल्लेख गरे । अन्य ३ जना कर्मचारीसमेत क्वारेन्टिनमा रहेको उनले जानकारी दिए । ३ जना कर्मचारीमध्य २ जना दमौली र १ जना म्याग्दे गाउँपालिकाको थर्पुबाट आउजाउ गर्दै आएका थिए ।

सङ्क्रमित पुरुषलाई सोमवारै शुनपा–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको आइसोलेसनमा ल्याइएको छ । यता हाल सम्म भानुमा ६६ जना कोरोना संक्रमीत रहेका छन् । जसमा ५४ जना पुरुष र १२ जना महिला रहेका छन् । संक्रमीतलाई आईसोलेसनमा राखि उपचार गर्दा १६ जना पुरुष घर फर्किएका छन् । अहिले १२ जना महिला र ३८ जना पुरुष गरि ५० जना संक्रमीतको उपचार भईरहेको छ । अहिले सम्म भानुमा आठ सय ७६ जनाको स्वांब संकलन गरिएको छ । भानु नगरपालिकामा समुदायमा स्तरका व्यक्तिमा कोरोना पुष्टि भएपछि भदौ २४ गतेसम्मलाई निषेधाज्ञा निरन्तरता दिइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button