तनहुँका वरिष्ठ पत्रकार बस्नेत सम्मानित

दमौली खबर संवाददाता
दमौली, असोज ६ । तनहुँ जन्मघर हुनु भएके एक वरिष्ठलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ ।
 यस्तो पुरस्कार पाउनेमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत हुनुहुन्छ ।
 विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय वरिष्ठ पत्रकार बस्नेत हाल काठमाडौंमा बसेर पत्रकारिता गरिहनु भएको छ । राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतलाई सम्मान गर्नुभयो । पुरस्कारले आफ्नो कर्मलाई थप मजबुद ल्याउन प्रेरणा मिलेको बस्नेतले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button