१ सय ५९ पिन्ट रगत संकलन

दमौली खबर संवाददाता
साउन १८, दमौली । लायन्स क्लब अफ तनहुँ म्याग्देले गरेको खुल्ला रक्तदान कार्यक्रममा १५९ पिन्ट रगत संकलन भएको छ । कोभिड–१९को संक्रमणका कारण पोखरा ब्लड बैंकमा रगतको अभाव सिर्जना भएपछि क्लबले शनिबार खुल्ला रक्तदान कार्यक्रम गरेको हो । ‘एक कर्म, तीन धर्म’ भन्ने मुल नाराका साथ नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिए ।

ब्लड ब्याग डोनरलाई हस्तान्तरण म्याग्दे गाँउपालिकाकी अध्यक्ष मायादेवि रानाले कार्यक्रमको उद्घाटन गरिन् । रक्तदान नै जीवन दान रहेको बताउदै उनले अरुको जीवन बचाउनु भन्दा ठूलो पुण्यको काम रहेको बताईन् । कोरोनाको महामारीको परिस्थतीमा क्लबले रक्तदान जस्तो महान काम गरेको भन्दै उनले आभार व्यक्त गरिन् ।

क्लबका अध्यक्ष अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, लायन्स, ब्लड डिस्ट्रीक को चिफ एडभाइजर सुचित्रा थापा, ब्लड चिफ महेस पौडेल, वडा नं ३का वडा अध्यक्ष श्रीबहादुर थापा, रिजन चियर पर्सन प्रदीप थापा, जि एल टि कोर्डिनेटर सुजित हिराचन, लायन्स क्लब अफ तनहुँ म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ लगायतले बोलेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button